जाजरकोट, ११ भदौ– जाजरकोट सदरमुकाम खलंगामा तीज मनाउन हिंडेका दुई समूहबीच भएको झडपमा एक जनाको ज्यान गएको छ ।
तीजका अवसरमा रमाइलो गर्ने क्रममा भएको झडपमा जाजरकोट– ३ युरिका ४० वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो । उनलाई स्थानीय हेमबहादुर ओलीले लाठी प्रहार गरी हत्या गरेको जाजरकोट प्रहरीले जनाएको छ ।
आक्रमणमा गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निरीक्षक मदनजित बोहराले बताए । प्रहरीले हत्यामा संलग्न ओलीलाई नियन्त्रणमा दिएको छ ।