समाचार

भक्तपुरमा प्रहरीकाे सहयाेगमा अवैध बालुवा खानी सञ्चालन

२०७१ भदौ १० गते ५:१४

भक्तपुर, १० भदौ – भक्तपुर जिल्लाको दुवाकोटमा अवैध बालुवा खानी सञ्चालन हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । जिल्ला विकास समिति भक्तपुरको अनुमतिबिना बालुवा खानी सञ्चालन गर्न नपाउने नियम भए पनि पाँच ठाउँमा अवैध बालुवा खानी सञ्चालन भइरहेको दुवाकोटका कपिलदेव मिश्रले जानकारी दिए ।...

नेपालमाथि उत्तर प्रदेशका मुख्यमन्त्रीले लगाए यस्तो आरोप

२०७१ भदौ १० गते ४:१७

काठमाण्डु, १० भदौ– भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले नेपालले बाढीबारे पूर्वसूचना नदिएका कारण भारतीय भूमि डुबानमा परेको आरोप लगाएका छन् । उनले नेपालसँग बाढीबारे पूर्वसूचना माग्न नसकेको भन्दै केन्द्र सरकारको समेत आलोचना गरेका छन् । उनले नेपालका नदीहरुमा आएको बाढीका कारण उत्तर प्रदेशसहित...

उच्चस्तरीय राजनीतिक समिति नबनाए संसद अवरुद्ध पार्ने चेतावनी

२०७१ भदौ १० गते ४:०८

काठमाण्डु, १० भदौ– चार बुँदे सहमति कार्यान्वनको माग पुरा नगरे संसद अवरुद्ध पार्ने  एकीकृत माओवादी   नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले चेतावनी दिएको छ । सहमति कार्यान्वयनका लागि सत्तारुढ दललाई दबाब दिने रणनीति बनाउन एमाओवादीले आफू नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग छलफल गरेकाे हाे । उसले मङगलबार सिंहदरबारस्थित...

संसदीय समिति सभापति निर्वाचनको प्रक्रिया सुरु

२०७१ भदौ १० गते ३:२४

काठमाण्डु, १० भदौ– संसद सचिवालयले संसदीय समितिहरुको सभापति चयनका लागि भोलि हुने मतदानको आजबाट निर्वाचय प्रक्रिया सुरु गर्दैछ । सचिवालयले आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । ११ वटा समितिका सभापति चयनका लागि भोलि साँझ मतदान हुने कार्यसूची...

कैदीलाई जेलभित्रै सेक्स सुविधा

२०७१ भदौ १० गते ३:२२

काठमाण्डु, १० भदौ––कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राख्न पाउने भएका छन् । सरकारले यौनसम्पर्क राख्ने कोठासहित नयाँ कारागार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।  कैदी–बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ...

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार

२०७१ भदौ १० गते ३:०५

काठमाण्डु, १० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आंशकामा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि अनुसन्धान थालेको छ । बालुवा खानी सञ्चालनदेखि पशुपतिनाथ मन्दिर परिसरको पार्किङसम्ममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले कोषका सदस्यसचिव गोविन्द टण्डन, निर्देशक भोला सिटौलालगायतलाई अनुसन्धानको दायरामा ल्याएको हो । पशुपतिनाथ मन्दिरको...

नक्कली राहदानीमा नेपालको भिसा

२०७१ भदौ १० गते ३:०१

काठमाण्डु, १० भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कर्मचारीको लापरबाहीका कारण नक्कली राहदानीमा भिसा लगाएर इरानका दुई नागरिक नेपाल आएका छन् । अस्ट्रेलियाको नक्कली राहदानीमा साउन १० गते हमिद अहमदी तथा ब्राजिल र इरानका नक्कली राहदानीमा साउन १५ गते आरस सेयाख पाउर काठमाण्डु भित्रिएका हुन्...

भट्टराई पक्षधर नेतामाथिको कारबाही फकुवा

२०७१ भदौ १० गते २:५५

काठमाण्डु, १० भदौ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधर दुई नेतामाथिको कारबाही फुकुवा भएको छ । पार्टी अनुशासन उल्लघंन गरेको अभियोगमा गत १९ साउनमा कारबाही परेका भट्टराई पक्षीय दुई नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवमाथि कारबाही फुकुवा भएको हो । गत साउन...

उच्चस्तरीय समितिबारे उच्चस्तरीय किचलो

२०७१ भदौ १० गते २:४९

काठमाण्डु, १० भदौ– प्रमुख दलहरु उच्चस्तरीय राजनीतिक समिति बनाउने/नबनाउने विवादमा अल्झेका छन् । समिति बनाउने पुर्वसहमति कार्यान्वयन नभए वार्तामै नबस्ने एमाओवादीको अडानले संविधानमा सहमति खोज्ने पहलसमेत प्रभावित भएको छ । सत्तारुढ दलहरुको सोमबार बसेको बैठकमा पनि संविधान निर्माणका विषयभन्दा उच्चस्तरीय समितिबारे नै छलफल केन्द्रित...

मलेसिया जेलबाट उद्धार गरिएका नेपाली चप्पलसमेत नलगाई आइपुगे काठमाण्डु

२०७१ भदौ १० गते २:३७

काठमाण्डु, १० भदौ– ‘बा, म काठमाण्डु आइपुगेँ ।’ मलेसियामा ११ महिना बन्दी जीवन बिताएका रुपन्देहीका मनोज कुँवरले सोमबार काठमाण्डु आर्लिनेबित्तिकै आफ्ना पितालाई फोन गरे । बुबाको मुख हेर्ने दिन परदेशको जेलमा रहेका छोराको स्वर सुन्न पाउँदा बुबाले फोनमै डाँको छाडेपछि मनोजले पनि आफूलाई थाम्न...

सुगा मारेको निहुँमा बालिकालाई आइरनले डामेर यातना

२०७१ भदौ १० गते २:२८

भैरहवा, १० भदौ– घरमा पालेको सुगा मारेको निहुँमा बैंकरोडस्थित ऋषि पाल्पाली सुनचाँदी पसलका सञ्चालक राजन रसार्इली र उनकी पत्नी शिवुले घरेलु कामदार आठ वर्षीया लक्ष्मी विकलाई निर्घात कुटपिट गरेका छन् । रसाइली दम्पतीले गत शुक्रबार सुगा मारेको भन्दै राति ९ बजे आइरनले डामेर कुटपिट...

प्रचण्डलाई किन सुटुक्क बालुवाटार बोलाए सुशीलले ?

२०७१ भदौ ९ गते १४:३४

काठमाण्डु, ९ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । सोमबार साँझ सरकारी निवास बालुवाटारमा बोलाएर उनले प्रमुख दलसँग वार्ता र छलफलमा नबस्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्री कोइराला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us