सुगा मारेको निहुँमा बालिकालाई आइरनले डामेर यातना

काठमाण्डु टुडे २०७१ भदौ १० गते २:२८ मा प्रकाशित

भैरहवा, १० भदौ– घरमा पालेको सुगा मारेको निहुँमा बैंकरोडस्थित ऋषि पाल्पाली सुनचाँदी पसलका सञ्चालक राजन रसार्इली र उनकी पत्नी शिवुले balikaघरेलु कामदार आठ वर्षीया लक्ष्मी विकलाई निर्घात कुटपिट गरेका छन् ।
रसाइली दम्पतीले गत शुक्रबार सुगा मारेको भन्दै राति ९ बजे आइरनले डामेर कुटपिट गरेको सहन नसकी बालिका चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

बालिकालाई यातना दिने रसाइली दम्पतीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत प्रदीपबहादुर क्षेत्रीका अनुसार पाल्पाको लुहुम बस्ने बमबहादुर विककी छोरी लक्ष्मीलाई रसाइली दम्पतीले पहिलेदेखि नै शारीरिक यातना दिँदै आएका थिए ।

रसाइली दम्पतीले भनेजस्तो काम नगरेको भन्दै लक्ष्मीलाई पेटीले शरीरभरि निलडाम हुने गरी कुटपिट गर्दै आएको पनि क्षत्रीले बताए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us