काठमाण्डु, १० भदौ– संसद सचिवालयले संसदीय समितिहरुको सभापति चयनका लागि भोलि हुने मतदानको आजबाट निर्वाचय प्रक्रिया सुरु गर्दैछ ।

सचिवालयले आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । ११ वटा समितिका सभापति चयनका लागि भोलि साँझ मतदान हुने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिबाहेक नौ विषयगत समिति, विधायन समिति र संसदीय सुनुवाई विशेष समितिको सभापतिका लागि चुनाव हुनेछ । संविधानसभा निर्वाचनको झण्डै १० महिनापछि संसदीय समितिहरुले सभापति पाउन लागेका हुन् ।