भट्टराई पक्षधर नेतामाथिको कारबाही फकुवा

काठमाण्डु टुडे २०७१ भदौ १० गते २:५५ मा प्रकाशित

काठमाण्डु, १० भदौ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधर दुई नेतामाथिको कारबाही फुकुवा भएको छ ।
पार्टी अनुशासन उल्लघंन गरेको अभियोगमा गत १९ साउनमा कारबाही परेका भट्टराई पक्षीय दुई नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवमाथि maoist flagकारबाही फुकुवा भएको हो । गत साउन १९ गते बसेको एमाओवादी स्थायी समिति बैठकले पोलिटब्युरो सदस्य श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य यादवलाई एक महिनाक लागि निलम्बन गरेको थियो ।

उनीहरुलाई धनुषामा समानान्तर समिति निमार्णमा मुख्य दोषी ठहर गर्दै निलम्बन गरिएको थियो ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us