नक्कली राहदानीमा नेपालको भिसा

काठमाण्डु टुडे २०७१ भदौ १० गते ३:०१ मा प्रकाशित

काठमाण्डु, १० भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कर्मचारीको लापरबाहीका कारण नक्कली राहदानीमा भिसा लगाएर इरानका दुई नागरिक नेपाल आएका छन् ।
अस्ट्रेलियाको नक्कली राहदानीमा साउन १० गते हमिद अहमदी तथा ब्राजिल र इरानका नक्कली राहदानीमा साउन १५ गते आरस सेयाख पाउर काठमाण्डु भित्रिएका हुन् ।
अध्यागमन कर्मचारीले अस्ट्रेलियाको नक्कली राहदानीमा आएका अहमदीलाई पर्यटक भिसा दिएका थिए । अहमदीको नक्ली राहदानीमा अध्यागमन अधिकृत अरुण सापकोटाले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us