
काठमाण्डु, ११ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न दुई बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ ।
१९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासमा छन् । मोदी पशुपति मन्दिरको दर्शनमा गएका बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्वय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
मुस्लिम धर्मावलम्बी भएपनि हिन्दू धर्मको पर्चा बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा इस्लाम र मियाँ बंगलादेशी नागरिक भएको खुलेको थियो ।
उनीहरुले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट पत्ता लागेको छ ।
नयाँ पत्रिकाबाट