ई–लाईब्रेरी स्थापना गर्न आठ लाख रुपैयाँ संकलन

काठमाण्डु टुडे २०७१ भदौ १० गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १० भदौ – चितवनको लंकुमा रहेको लक्ष्मी माविमा विद्युतीय पुस्तकालय अर्थात ई–लाईब्रेरी स्थापनाका लागि झण्डै आठ लाख रुपैयाँ सकंलन भएको छ ।

laxmiअहिले डेनमार्कमा रहेका लंकुका सोमनाथ सापकोटाको सक्रियतामा विद्यालयका भूतपूर्व विद्यार्थी, विभिन्न देशमा रहेका लंकु आसपासका बासिन्दाले ७ लाख ९८ हजार रुपैयाँ संकलन गरेका हुन् । विद्यालयमा ई लाईब्रेरी स्थापनाका लागि मंगलवार लक्ष्मी मावि र नेपाल लाईब्रेरी फाउण्डेशनबीच सम्झौता भएको छ ।

सम्झौतामा लक्ष्मी माविका प्रधानाध्यापक नारायण चालिसे र नेपाल लाईब्रेरी फाउण्डेशनका अध्यक्ष गणेश शाहले हस्ताक्षर गर्नुभयो । ई लाईब्रेरी स्थापनाका लागि लाईब्रेरी फाउण्डेशनले तालिम र अरु प्राविधिक पाटोमा सहयोग गर्ने प्रधानाध्यापक नारायण चालिसेले उज्यालोलाई जानकारी दिनुभयो । सोमनाथ सापकोटाको सक्रियतामा काम भैरहेको चालिसेले बताए ।

ई–लाईब्रेरी स्थापना गर्न जापानबाट खगेन्द्र प्रसाद सापकोटाले १ लाख ११ हजार १ सय ११, डेनमार्कबाट मा रहेका सोमनाथ सापकोटाले ५१ हजार १ सय ११, फिनल्याण्डबाट कौशिला अर्यालले ५० हजार, अष्टे«लियाबाट केशव सापकोटा र जीवन सापकोटाले जनही ५० हजार, महेन्द्र कँडेल र राजेन्द्र कँडेलले अष्ट्रेलियाबाट ५० हजार, अमेरिकाबाट प्रकाश कँडेलले ४८ हजार ७ सय ४५,अष्टेलियाबाट डिला खरेल ,बेल्जियमबाट सीता सापकोटा,डेनमार्कबाट तिलकप्रसाद कँडेल फिनल्याण्डबाट युवराज भण्डारी , नेदरल्याण्डबाट कृष्णराज अधिकारी जापानबाट दामोदर सापकोटा र चितवन भरतपुरका टीकाराम खरेलले जनही २५ हजार सहयोग गरेका छन् ।

त्यस्तै बेलायतबाट लक्ष्मी कँडेलले ३० हजार, अमेरिकाबाट सरोज श्रेष्ठले २५ हजार, अष्ट्रेलियाबाट विजय र विनय सापकोटाले २० हजार, प्रकाश खरेलले १० हजार, डेनमार्कबाट यशोदा लामिछानेले १० हजार,देवी राम लामिछानेले ईटलीबाट ११ हजार १ सय ११, जापानबाट भोजराज र ईश्वरी कँडेलले ११ हजार, छविलाल सापकोटाले १६ हजार ६०, चन्द्र कँडेलले १५ हजार, अर्जुन सापकोटाले ७ हजार ५ सय, लक्ष्मण सापकोटाले ५ हजार, भरतपुरका बासु सापकोटाले ११ हजार, नारायण प्रसाद सापकोटाले ५ हजार, रघुनाथ सापकोटाले ५ हजार १ सय, डेनमार्कबाट मनोज सापकोटाले १० हजार, सागर खरेलले अष्टे«लियबाट १० हजार सहयोग गरेका छन् ।

त्यस्तै पुस्तकालयका लागि फिनल्याण्डबाट ल्क्ष्मी अर्यालले ११ हजार १ सय ५१, अष्टे«लियाबाट दीपकराज सापकोटाले १० हजार, बेल्जियमबाट सीता सापकोटा, नारायण कँडेल, र दीपक अर्यालले जनही १९ हजार २ सय,पूर्ण सापकोटाले ६ हजार ४ सय र राधिका तिवारीले १२ हजार आठ सय रुपैयाँ सहयोग गरेको ई–लाईब्रेरीका लागि अभियान चलाईरहेका सोमनाथ सापकोटाले जानकारी दिए । ६ लाख ६५ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा त्यो भन्दा धेरै पैसा उठेको हो ।

डेनमार्कमा रहेका सापकोटाले यसअघि आफ्नै सक्रियतामा बाग्लुङ काँडबासको जनजागृति माविमा ई–लाईबे्ररी स्थापना गर्न र विद्यालयको स्तरोन्नतिका लागि अभियान चलाएर २२ लाख ५२ हजार रुपैयाँ संकलन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us