बाबुले गरे तीन वर्षीया छोरीलाई बलात्कार

काठमाण्डु टुडे २०७१ भदौ १० गते १३:११ मा प्रकाशित

बर्दिया, १० भदौ – तीन वर्षीया छोरीलाई बलात्कार गरी बाबु फरार भएका छन् । वालिकाको अस्पतालमा उपचार भइरहेको छ भने बाबु फरार छन् ।

Rape_VICTIM_20140826025436बर्दिया, धधवार ७ निवासी उपाध्याय थरका एक युवकले आफ्नै छोरीलाई बलात्कार गरेका हुन् । बालिकाको बालिकाको यौनाङ्ग क्षतविक्षत रहेकाले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार राति बालिकाका आफ्नै बाबुबाट बलात्कृत भएको बुझिएको छ । पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा गएकी छन् ।
बलात्कारपछि वालिकाको अत्यधीक रक्तश्राव पछि उपचारका लागि मंगलबार बिहान अस्पतालमा ल्याएपछि बाबुको कुकर्मको खुलासा भएको थियो ।

खेल्दा चोट लागेको भन्दै पीडितका काकाले अस्पताल ल्याएका थिए । बिरामीकी कुरुवा साथी भएर आएकी अर्की बालिकाले घटनाका बारेमा बताएपछि बाबुको कृकृत्य खुलेको हो ।

पीडित बालिकाको शल्यक्रिया गरिएको र अहिले रक्तश्राव रोकिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । बालिकाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दियो ।

बालिकाको निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर सुवेदीले जानकारी दिए ।

घटनामा संलग्न बाबुको खोजतलासका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । बालिकालाई उपचारमा ल्याउने काकासँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us