भारतमा नेपाली युवतीको सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ भदौ १० गते ८:१८ मा प्रकाशित

काठमाण्डु, १० भदौ – भारतमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

काठमाण्डु घर भएकी १९ वर्षिया ती युवतीलाई राजधानी दिल्लीको दक्षिणी क्षेत्रस्थित मेरौली भन्ने स्थानमा ६ युवकले सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

जागिर दिलाइदिने भन्दै एक युवकले उनलाई मेरौलीस्थित एउटा घरमा पुर्याहएको थियो। त्यहाँ पुगे लगत्तै उ लगायत त्यहाँ कुरेर बसेका अन्य ५ जनाले जबरजस्ती रक्सी सेवन गराएर बलात्कार गरेको दिल्ली प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us