तिज नाच हेर्न गएका युवाको कुटपिटबाट निधन

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १२:१२ मा प्रकाशित

नेपालगन्ज, ९ भदौ– बाँकेको जलपोखरीमा अज्ञात व्यक्तिको कुटपिटबाट एक युवकको ज्यान गएको छ ।

कुटपिटबाट ज्यान गुमाउनेमा राधापुर–१ का १६ वर्षीय प्रकाश थापा रहेको प्रहरीले जनाएको छ । तिर्खा निमावि जलपोखरीमा तीज नाच हेर्न गएका बेला उनीमाथि अज्ञात व्यक्तिले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा थापाको नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो । यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us