समाचार

पहिरोले टिपिकल रेष्टुरेण्ट बगाउँदा चार मजदुर बेपत्ता

२०७१ भदौ ९ गते ३:४६

कास्की, ९ भदौ– अविरल वर्षासँगै कास्कीको पुम्दीभुम्दीमा गएको पहिरोले एउटा रेष्टुरेण्ट बगाउँदा चार जना बेपत्ता भएका छन् । पोखरा फेवाताल पारिको किनारमा रहेको टिपिकल रेष्टुरेष्ट पहिरोले बगाउँदा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन...

न्यायाधीश लाललाई किन भयो सुरक्षा थ्रेट ?

२०७१ भदौ ९ गते ३:१५

काठमाण्डु, ९ भदौ– सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाललाई थप सुरक्षा दिइने भएको छ । सर्वोच्च अदालत प्रशासनले अदालत तथा सुरक्षा समन्वय प्रबन्ध एकाइका प्रमुख एसपी विश्वनिरन्जन प्रधानलाई लालसहितका केही न्यायाधीशलाई थप सुरक्षा उपलब्ध गराउन निर्देशन दिएको हो । सर्वोच्च अदालत प्रशासनबाट निर्देशन प्राप्त भएको...

यातना दिने श्रीमानद्वारा उल्टै श्रीमतीविरुद्ध उजुरी

२०७१ भदौ ९ गते २:४९

काठमाण्डु, ९ भदौ– श्रीमानको पीडा खेप्न नसकेर धेरै महिलाहरु न्यायलयको ढोका ढकढक्याउन पुग्ने गरेका घटना नौला होइनन् । तर श्रीमतीलाई मानसिक  र शारीरिक याताना दिएर उल्टै अदालतमा श्रीमानले मुद्धा दिएभन्दा पत्याउन गाह्रो पर्छ । यो कुनै दूरदराजको घटना नभर्इ राजधानीमै एउटी महिलाले खेप्दै आएको...

काँग्रेसमा को आए सुशीलका उत्तराधिकारी ?

२०७१ भदौ ९ गते २:३७

काठमाण्डु, ९ भदौ– करिब ७० वर्षदेखि नेपाली राजनीतिमा प्रभाव राख्दै आएको कोइराला परिवारमा तेस्रो पुस्ताका दुई नयाँ पात्र शक्तिशाली बनेका छन् । यीमध्ये वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्ने गरी स्थापित हुँदैछन् । अर्की पात्र मृदुला कोइराला...

पारस नेपाल नआउने भएपछि निर्मल निवासमै फर्किए ज्ञानेन्द्र

२०७१ भदौ ९ गते २:२९

काठमाण्डु, ९ भदौ– छोरा पारस तत्काल नेपाल नआउने भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार पुन: निर्मल निवास फर्किएको छ । दशैं, तिहार उतै मान्ने गरी गत साउन ११ गते नार्गाजुन दरबार गएका पूर्वराजा आइतबार बिहान निर्मल निवास फर्केका हुन् । पूर्वरानी कोमलका साथमा सचिवालय, भान्छे...

सुगममा राहत बाँड्नेको भीड, दुर्गमका पीडित भोकभोकै

२०७१ भदौ ९ गते २:२४

दाङ, ९ भदौ– दाङ सदरमुकाम घोराहीबाट गाडीमा पुग्न सकिने डुरुवा, फुलबारी र उरहरीका बाढीपीडितले विभिन्न संघसंस्थाबाट चाउचाउ र चिउरा पाइरहेका छन् तर घन्टौं हिड्नुपर्ने पुरन्धाराका विकट गाउँमा भने कोही गएका छैनन् । हेलिकोप्टरबाट खसालेका केही चाउचाउ र चिउराका भरमा उनीहरुले भोक मेटिरहेका छन् ।...

३२ जवान एउटै कोठामा

२०७१ भदौ ९ गते २:१३

काठमाण्डु, ९ भदौ– भर्याङ् र त्यसको कुनामा कोचिएर राखेको झोला, जुत्ताको लहर । हेर्दा लाग्छ, कँही बसाईँ जान ठीक्क पारेको झोला हो । तर त्यो झोला बसाइँ जानको लागि ठीक पारेको होइन । महानगरीय ट्राफिक प्रहरी वृत्त सल्लाघारीमा कार्यरत ट्राफिक प्रहरीको कोठामा सामान नअटाएर...

माघ ८ मा नबन्ने भो संविधान

२०७१ भदौ ९ गते २:०७

काठमाण्डु, ९ भदौ – संविधान निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरुबीच सुरु भएको औपचारिक तथा अनौपचारिक संवाद मुख्य विवादित विषयमा प्रवेश नगर्दा संविधानसभाको कार्यतालिका प्रभावित हुन सक्ने देखिएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भदौ तेस्रो साताभित्र विवाद समाधान गरिसक्नु पर्ने...

अमेरिकी भिसाको ३५ लाख !

२०७१ भदौ ९ गते १:५९

काठमाण्डु, ९ भदौ –अमेरिकाको भिसाका लागि एक व्यक्तिले ३५ लाख रुपैयाँसम्म खर्च गरेको खुलेको छ । यसरी रकम बुझाउने तनहुँकी बालकुमारी रेग्मी अध्यागमनको हिरासतमा पुगेकी छन् । अमेरिका छिर्न भन्दै रेग्मीले ३५ लाख रुपैयाँ बुझाएपछि भिसा त पाइन्, तर अमेरिका उड्न सकिनन् । ठगको...

८ वर्षीया बालिकामाथि आइरनले डामेर यातना

२०७१ भदौ ८ गते १५:५१

भैरहवा, ८ भदौ- भैरहवामा एक व्यक्तिले घरमा काम गर्न राखिएकी एक आठ वर्षीया बालिकालाई चरम दुव्र्यवहार गर्नुका साथै मरणासन्न हुने गरी यातना दिएका छन् । घर मालिकको यातनाका कारण बालिकाको शरीरभरि दाग र चोटपकट लागेको छ । चरम यातनाका कारण उनी राम्ररी बोल्नसमेत सक्दिनन्...

एमाले राजधानी कमिटीले प्रतिसदस्य सय रुपैयाँ उठाएर बाढी प्रभावितलाई दिने

२०७१ भदौ ८ गते १५:०५

काठमाण्डु, ८ भदौ– नेकपा एमालेको राजधानी बिषेश समन्वय कमिटीले देशभर आएको बाढीपहिरोबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि प्रतिसदस्य  एक सय रुपैयाँ संकलन गर्ने भएको छ । उक्त कमिटीको आइतबारको बैठकले  उपत्यकाका तीनवटै जिल्ला, बिद्यार्थी र मजदुर विशेष तथा पेशागत महासंघमा आवद्ध कमिटीमा रहेका...

प्रचण्ड रिसाएलगत्तै किन गरे सुशीलले वैद्यलाई फोन ?

२०७१ भदौ ८ गते १४:०५

काठमाण्डु, ८ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादीले प्रमुख तीन दलको बैठक बहिस्कार गरे लगत्तै नेकपा–माओवादीसँग वार्ता गर्न चाहेका छन् । उनले आइतबार माओवादी अध्यक्ष मोहन वैद्यलाई टेलिफोन गरी वार्तामा आउन आग्रह गरेका हुन् । एकीकृत माओवादीले चार बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us