समाचार

त्रिवि, उमावि र सिटिइभिटीमा एकैसाथ अख्तियारको छापा

२०७१ भदौ ८ गते ८:०९

काठमाण्डु, ८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मा एकैसाथ छापा मारेको छ । अख्तियारले भ्रष्टाचार भएको आशंकामा ती तीन निकायमा आइतबार एकैपटक छापा मारेर कागजात नियन्त्रणमा लिएको छ...

बाढीले बोलेरो जिप बगायो

२०७१ भदौ ८ गते ५:११

महोत्तरी, ८ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुखोलामा आएको बाढीले बोलेरो जीप बगाएको छ । शनिबार साँझ अविरल वर्षासँगै रातु खोलामा आएको बाढीले ना २ च ४११० नम्बरको बोलेरो जिप बगाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रातुखोलाको पुल भासिएपछि...

गणेशमान सिंह फाउन्डेसनबाट बाढी प्रभावितलाई नौ लाख

२०७१ भदौ ८ गते ५:०१

काठमाण्डु, ८ भदौ– गणेशमान सिंह फाउन्डेसनको युथ अफ काठमाण्डु शाखाले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो प्रभावितलाई नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पाmउण्डेशनले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार समितिलाई उक्त रकम हस्तान्तरण गरेको हो । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले आइतबार...

छोरा र भतिजी आफैंले विष पिएछन्: विप्लव

२०७१ भदौ ८ गते ४:०३

काठमाण्डु, ८ भदौ– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कसैले खुवाएको नभई आफ्ना छोरा र भतिजी आफैंले विष सेवन गरेको बताएका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले घटनामा अर्को पक्षको संलग्नताको आशंका नरहेको बताए । कार्यकर्ता प्रशिक्षणका लागि पाल्पा हिंडेका विप्लव घटना थापा...

डोम समुदायले इनार र धारा छुन पाउँदैनन्

२०७१ भदौ ८ गते ३:१७

सिरहा, ८ भदौ– सिराहा लालपुरका डोम (मल्लिक) परिवारले अझै पनि पानी भर्न धारा र इनार प्रयोग गर्न पाउँदैनन् । कसैले दया गरेर भरिदिए मात्रै उनीहरुले पानी पाउँछन् । गाउँकै देवनाथ साहको इनारमा राखेको मोटरबाट दयामायाले पानी पाउँने गरेको लालपुर-१ का दुर्गी मल्लिकले बताए ।...

प्रमुख तीन दल बैठक बालुवाटारमा जारी

२०७१ भदौ ८ गते २:४९

काठमाण्डु, ८ भदौ– प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आज पनि बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा भावी संविधानका अन्र्तवस्तुमा सहमति खोज्ने प्रयासमा छलफल भइरहेको छ । आगामी असोज मसान्ताभित्र मस्यौदा तयार पार्ने कार्यतालिका अनुसार काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष...

ठेक्कापट्टाको मध्यस्थतामा पूर्वप्रधानन्यायधीश

२०७१ भदौ ८ गते २:४७

काठमाण्डु, ८ भदौ –पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा र सर्वोच्च अदालतका पूर्वन्यायधीश बलराम केसीले ठेक्कापट्टामा मध्यस्थता गर्ने गरेका छन् । संविधानको मर्मविपरित उनीहरु मध्यस्थतामा सहभागि भएका हुन् । अन्तरिम संविधानले पूर्वप्रधानन्यायधीश र सर्वोच्चका पूर्वन्यायधीश राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षबाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि योग्य नहुने...

नयाँ शिक्षकलाई पूरानाले हाजिर गर्न दिएनन्

२०७१ भदौ ८ गते २:३०

काठमाण्डु, ८ भदौ– सीतापाइलास्थित सीतापाइला उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय काठमाण्डुले माध्यमिक तहको दरबन्दीसहित नयाँ शिक्षक नियुक्त गरेर पठायो । तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयकी प्रधानाध्यापक सावित्री शर्माले भनिन्,‘ हामीलाई विज्ञानलगायत विषयको शिक्षक चाहिएको थियो ।...

स्नातक गरेकालाई भैंसी पाल्न दिँदैन नगरपालिका

२०७१ भदौ ८ गते २:२६

पोखरा, ८ भदौ– कृषिप्रधान देश भनिएको मुलुकमा दूधसमेत भारतबाट आयात हुन्छ । खाद्यान्न र तरकारीको हालत पनि उस्तै छ । सरकारले कृषिलाई बढावा दिन यही वर्षको बजेटमा कृषि ऋण ६ प्रतिशतमा दिने नीति घोषणा गर्‍यो । तर पोखरा नगरपालिमा भने गाईभैंसी पाल्छु भन्ने युवालाई...

दलित युवकले थारु युवती भगाएपछि हंगामा

२०७१ भदौ ८ गते २:१५

कपिलबस्तु, ८ भदौ– जिल्लाको लवनी गाविस सानो सिसहनियामा दुई साताअघि दलित युवकले गाउँकी थारु युवतीलाई भगाएको घटनाले शनिबार उग्र रुप लिएको छ । केटी पक्ष र गाउँलेले उमेर नपुगेकी १६ वर्षीय किशोरी भगाएर १८ दिनदेखि बेपत्ता पारेको आरोप लगाउँदै दलित युवक रामनिवास हरिजनको परिवारलाई...

माधव नेपाल र कृष्ण सिटौलाले मागे उपचार खर्च

२०७१ भदौ ८ गते २:१०

काठमाण्डु, ८ भदौ– संसद् सचिवालयसँग ३५ भन्दा बढी सभासद्ले औषधिउपचार खर्च मागेका छन् । यसरी उपचार खर्च माग्नेमा दलका शीर्ष नेता पनि छन् । सभासद्ले भिटामिन खान पनि खर्च मागेका छन् । सचिवालयले केही सभासद्लाई उपचार खर्च दिने निर्णय शनिबार गरेको छ । भने...

प्रतिबन्ध तोड्दै इबोला फैलिएको देशका नागरिक कसरी आए नेपाल ?

२०७१ भदौ ८ गते २:०६

काठमाण्डु, ८ भदौ –एक नाइजेरियालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै २४ घन्टा नियन्त्रणमा राखेर शनिबार बिहान फिर्ता पठाइएको छ । टर्कीको इस्तानबुल हुँदै आएका चिबिजेर स्ताङले ओक्पालालाई विमानस्थल हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा सुरुमा इवोला भाइरस संक्रमित भएको आशंकामा नियन्त्रणमा राखिएको थियो । तर पछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us