विष्णु पौडेल पक्राउबारे रामकुमारी झाँक्रीको आक्रोशः एकजनाको बयानकै आधारमा समात्ने ?

काठमाण्डु टुडे २०८३ असार १२ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, १२ असार– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारले बङ्गलादेश र पाकिस्तान मोडलको लोकतन्त्रको अभ्यास गर्न खोजेको टिप्पणी गरेकी छन । आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति समेत व्यक्त गरिन् ।

बयानको लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई सरकारविरुद्धको आवाज बन्द गर्न पक्राउ गरेको समेत बतताइन् । उनले भनिन्, ‘यो सरकारले सुशासन र डेलिभरीको नारा दियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले नेकपा एमालेको नेता पूर्वअर्थमन्त्रीलाई समातेको छ ।

किन भन्दाखेरि एकजना मान्छेको बयानको आधारमा यही हो सुशासन ?’ उनले सरकारले आफ्नो पार्टीको नेताहरूलाई जोगाएर विपक्षीलाई टार्गेट गरेको आरोप लगाइन् ।

उनले थपिन्, ‘आफ्नै पार्टीको नेतालाई फौजदारी अभियोग लागेको छ, अदालतबाट निर्दोषिताको प्रमाणपत्र ल्याउन चाहेन। सरकारले फिर्ता लिने काम गरेको छ। यही हो सुशासनरु सँगसँगै आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेताहरूलाई चुप लाग्ने गराउनको लागि बङ्गलादेश र पाकिस्तानको मोडलको लोकतन्त्रको प्रजातन्त्रको अभ्यास गर्नको लागि मान्छेहरूलाई टार्गेट गरेर मान्छेहरूलाई समाउने र चुप लाउने, व्यवसायीहरूलाई समाउने चुप लाउने, नागरिक समाजलाई समाउने चुप लाउने काम गरिरहेको छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us