
काठमाण्डु, ८ भदौ– प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आज पनि बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा भावी संविधानका अन्र्तवस्तुमा सहमति खोज्ने प्रयासमा छलफल भइरहेको छ ।
आगामी असोज मसान्ताभित्र मस्यौदा तयार पार्ने कार्यतालिका अनुसार काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताबीच राज्य पुनर्सरचना र शासकीय स्वरुपमा छलफल हुन लागेको हो ।
तीन दल बैठकपछि आजै सत्तारुढ काँग्रेस–एमालेको संयुक्त बैठब बस्दैछ । ती दुई दलले एमाओवादीलाई सात प्रदेशमा मनाउने कोसिस गर्दै आएका छन् ।
यसअघि शनिबार बसेको प्रमुख तीन दलको बैठकले भदौ अन्तिम साताभित्र संविधानका विवादित विषयमा सहमति जुटाउने प्रतिबद्धता जनाएको थियो ।
संविधानसभाबाहिर रहेका नेकपा–माओवादीसहितका शक्तिलाई विश्वासमा लिएरु कार्यतालिकाभित्रै विवादित विषयमा सहमति गर्ने प्रतिबद्धता उनीहरुको छ ।