गणेशमान सिंह फाउन्डेसनबाट बाढी प्रभावितलाई नौ लाख

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ५:०१ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– गणेशमान सिंह फाउन्डेसनको युथ अफ काठमाण्डु शाखाले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो प्रभावितलाई नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पाmउण्डेशनले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार समितिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले आइतबार बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई ९ लाख रुपैयाँको चेक हस्तान्तरण गरे  । चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले रकम वास्तविक पीडित समक्ष पुग्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us