नयाँ शिक्षकलाई पूरानाले हाजिर गर्न दिएनन्

काठमाण्डु टुडे २०७१ भदौ ८ गते २:३० मा प्रकाशित

काठमाण्डु, ८ भदौ– सीतापाइलास्थित सीतापाइला उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय काठमाण्डुले माध्यमिक तहको दरबन्दीसहित नयाँ शिक्षक नियुक्त गरेर पठायो ।

तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयकी प्रधानाध्यापक सावित्री शर्माले भनिन्,‘ हामीलाई विज्ञानलगायत विषयको शिक्षक चाहिएको थियो ।

तर जिशिकाले अन्य विषयको शिक्षक पठाइदियो । आवश्यक परेको विषयको शिक्षक नपठाई अन्य शिक्षक पठाएकाले नयाँलारई हाजिर गराउन नसकिएको हो ।’
मीनभवनस्थित सिद्धेश्वर माध्यमिक विद्यालयले पनि जिशिकाबाट नयाँ नियुक्तिपत्र लिएर आएका माध्यमिक तहका शिक्षकलाई हाजिर गर्न दिएन । नयाँ शिक्षकलाई हाजिर गराउन नसक्नुमा विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपानेले आवश्यकभन्दा फरक विषयका शिक्षक पठाउने जिशिकालाई दोष दिएका छन् ।

न्यौपानेले भने,  ‘जिशिका विद्यालयलाई आवश्यकता परेको भन्दा आफूलाई मन परेको शिक्षक मात्र पठाउँछ । विषयगत रुपमा पढाउन नसक्ने शिक्षकलाई किन राख्ने भनेर फिर्ता पाठइदियौं ।’

जिशिकाले शिक्षक दरबन्दीको आवश्यकता सम्बन्धमा अध्ययन नै नगरी मनपरि शिक्षक पठाउँदा निजी स्रोतबाट चलेका थुप्रै सामुदायिक विद्यालय समस्यामा परेको न्यौपानेले बताए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us