
महोत्तरी, ८ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुखोलामा आएको बाढीले बोलेरो जीप बगाएको छ ।
शनिबार साँझ अविरल वर्षासँगै रातु खोलामा आएको बाढीले ना २ च ४११० नम्बरको बोलेरो जिप बगाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
रातुखोलाको पुल भासिएपछि अस्थायी ड्राइभर्सन गरी गाडी वारपार गर्ने व्यवस्था मिलाइएको छ । प्रहरी उपरीक्षक हरिप्रसाद शार्माले जिप बाढीले बगाएका पनि त्यसमा सवारी तीन जनाले पौडिएर ज्यान जोगाएको बताए ।
चुरे क्षेत्रमा परेको पानीका कारण खोलामा माढी आएपछि सवारी आवागमनमा रोल लगाइएको छ ।