
काठमाण्डु, ९ भदौ– छोरा पारस तत्काल नेपाल नआउने भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार पुन: निर्मल निवास फर्किएको छ ।
दशैं, तिहार उतै मान्ने गरी गत साउन ११ गते नार्गाजुन दरबार गएका पूर्वराजा आइतबार बिहान निर्मल निवास फर्केका हुन् ।
पूर्वरानी कोमलका साथमा सचिवालय, भान्छे र अर्दलीसहित नागार्जुन पुगेका पूर्वराजाको सपरिवार निर्मल निवास फर्किएको हो ।
छोरा पारसको पछिल्लो गतिविधिदेखि बिरक्तिएर नार्गाजुन गएका पूर्वराजपरिवार निर्मल निवासमै फर्किएपछि कर्मचारी अचम्मित भएका छन् ।
अदालतको आदेश र प्रवेशाज्ञाको समय सकिएप्छि साउन २१ गते थाइल्याण्डबाट नेपाल फर्कने तयारी गरेका पारस अन्नत नफर्कने भएपछि नार्गाजुज बास बस्न पुगेका पूर्वराजाको परिवार निर्मल निवास फर्किको हो ।
नेपाल समाचारपत्र दैनिकबाट