काठमाण्डु, ९ भदौ –अमेरिकाको भिसाका लागि एक व्यक्तिले ३५ लाख रुपैयाँसम्म खर्च गरेको खुलेको छ ।
यसरी रकम बुझाउने तनहुँकी बालकुमारी रेग्मी अध्यागमनको हिरासतमा पुगेकी छन् ।
अमेरिका छिर्न भन्दै रेग्मीले ३५ लाख रुपैयाँ बुझाएपछि भिसा त पाइन्, तर अमेरिका उड्न सकिनन् ।
ठगको एक गिरोहले अमेरिकाको भिसा मिलाइदिने भन्दै उनीसँग पैसा लिएको हो । पैसा लिएपछि गिरोहले भारतमा पुगेर भिसा पनि लगाइदियो, तर भिसा नक्कली थियो ।
अमेरिका सपना बोकेर विमानस्थल पुगेकी रेग्मीलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेको थियो । १३ दिनसम्म हिरासतमा बसेर उनी धरौटीमा छुटेकी छिन् ।
नक्कली भिसा प्रयोग गरेको आरोपमा अध्यागमनले उनलाई थुनामा राखेको हो ।
रेग्मीलाई ठगी गर्ने मुख्य नाइके जेल चलान भएका छन् । सिन्धुपाल्चोकका नरेन्द्र पण्डित र उनकी श्रीमती शोश्विता पन्तले रेग्मीलाई ठगी गरेका हुन् ।
पण्डितलाई काठमाण्डु जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि जेल चलान गरेको छ भने उनकी श्रीमती शोश्वितालाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
नयाँ पत्रिकाबाट