भैरहवा, ८ भदौ- भैरहवामा एक व्यक्तिले घरमा काम गर्न राखिएकी एक आठ वर्षीया बालिकालाई चरम दुव्र्यवहार गर्नुका साथै मरणासन्न हुने गरी
यातना दिएका छन् ।
घर मालिकको यातनाका कारण बालिकाको शरीरभरि दाग र चोटपकट लागेको छ । चरम यातनाका कारण उनी राम्ररी बोल्नसमेत सक्दिनन् ।
पाल्पाको लुहुम घर भई हाल सिद्धार्थनगर–७ का राजन रसाईलीको घरमा घरेलु कामदारक रुपमा रहेकी ती बालिकालाइलाई राजन रसाईली र उनकी श्रीमती शिवुले चरम यातना दिएका हुन् ।
बालिकालाई कपडामा लगाउने आइरनले समेत डामिएको छ । यस्तै शरीरका विभिन्न भागमा कम्मरमा लगाउने पेटीले हिर्काएको डाम भेटिएको छ । प्रहरीका अनुसार रसाईली दम्पत्तिले शुक्रबार बालिकालाई अमानवीय यातना दिएका थिए ।
प्रहरीले बालिकालाई यातना दिने रसाईली दम्पत्तिलाई पक्राउ गरेको छ । घरमा पालिएको सुगा मरेको निहुँमा बालिकामाथि यातना दिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कुटपटपछि बालिएका अत्तालिएको सुनेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।
बालिकाको आमाको मृत्युपछि उनका बाबुले उक वर्षअघि रसाईलीको घरमा घरेलु कामदारका रुपमा थिए । यसैबीच जिल्ला बालकल्याण समितिले पीडकविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।