एमाले राजधानी कमिटीले प्रतिसदस्य सय रुपैयाँ उठाएर बाढी प्रभावितलाई दिने

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– नेकपा एमालेको राजधानी बिषेश समन्वय कमिटीले देशभर आएको बाढीपहिरोबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि प्रतिसदस्य  एक सय रुपैयाँ संकलन गर्ने भएको छ ।
उक्त कमिटीको आइतबारको बैठकले  उपत्यकाका तीनवटै जिल्ला, बिद्यार्थी र मजदुर विशेष तथा पेशागत महासंघमा आवद्ध कमिटीमा रहेका पार्टी सदस्यसँग एक सय रुपैयाँका दरले राहत उठाउने निर्णय गरेको हो ।

उपत्यकामा एमालेका १७ हजार संगठित सदस्य रहेको राजधानी विशेष कमिटी इन्चार्ज जिवनराम श्रेष्ठले जानकारी दिए ।
उनले राहत संकलनका लागि आगामी शुक्रबार काठमाण्डुको भोटाहिटीमा शीर्ष नेताहरुको उपस्थितिमा विषेश अभियान सञ्चालन गर्ने बताए ।

एमाले राजधानीले आपतमा परेकाहरुको उद्धार, उपचार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यस्तै एमाले राजधानीले अबिलम्ब स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई ज्ञापनपत्र बुझो निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us