नुवाकोटबाट बेच्न लगिएका दुई बालिकाको गड्डाचौकीमा उद्धार

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ५:४५ मा प्रकाशित

कञ्चनपुर, ९ भदौ– प्रहरीले भारतको नयाँ दिल्लीमा बेचबिखनका लागि लगिएका  दुई बालिकाको गड्डाचौकी नाकाबाट उद्दार गरेको छ ।

नुवाकोट राउतवेशी–८ का १४ र ९ वर्षीया बालिकाको गड्डाचौकी प्रहरीले उद्दार गरेको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार उनीहरुलाई सीमावर्ती भारतीय सहर बनबासा लैजाँदै गरिएको अवस्थामा हाई–वे चेकिङका क्रममा उद्दार गरिएको हो ।
प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दले महेन्द्रनगर बसपार्कस्थित रहेको सेती–कर्णाली होटलका सञ्चालक धीरेन्द्र शाही अर्का एक व्यक्तिले बेग्लाबेग्लै मोटरसाइकलमा राखेर बनबासा लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको बताए ।

उनीहरुलाई बेच्न लैजाने नुवाकोटै राउतबेशी–४ का २६ वर्षीय कुमार नेपाली र रोही गाविस– ८ का पुष्कर परियारलाई प्रहरीले बनबासाबाट पक्राउ गरेको छ । उद्धार गरिएका बालिका र पक्राउ परेका विक र नेपाली जिल्ला प्रहरी कार्यालयमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us