काठमाण्डु, ९ भदौ– भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
आजका दिन देवकार्य र पितृकार्यमा पवित्र मानेर वर्षभरि प्रयोग गरिने कुश घरघरमा भित्र्याइन्छ ।
ब्राहृमणहरूले विधिपूर्वक पूजा गरी छेदन गरएको कुश जजमानकहाँ पुर्याडउने गर्दछन् । कुश घरमा राख्नाले दु:ख नास हुने र परिवारको कल्याण हुने जनविश्वास रहिआएको छ । घरघरमा कुश भित्र्याइने भएका कारण आजको दिनलाई कुशे औंसी पनि भनिएको हो ।
बाबुको मुख हेर्ने दिन
आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रुपमा समेत मनाइन्छ । छोराछोरीले मनपर्ने मिठार्इ तथा भोजन, मिष्ठान्न गराई आफ्ना बाबुको मुख हुर्ने र सम्मान प्रकट गर्ने गर्दछन् ।
बाबु नहुनेले काठमाण्डुको गोकर्णेश्वर महादेव, नुवाकोटको बेत्रावती उत्तरगया, चितवनको देवघाट, प्यूठानको स्वर्गद्वारीलगायतका स्थानमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।