गोरखा, ९ भदौ– जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले चुरोट र सुर्ती खल्तीमा राखेर हिँड्ने र सेवन गर्ने कर्मचारीमाथि कारबाही गर्ने भएको छ ।
सुर्तीजन्य पदार्थको सेवनलाई पूर्णरुपमा न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले यस्तो अभियान थालेको हो ।
कार्यालय समयभित्र चुरोट, सुर्ती खाएको थाहा पाएमा, कुनै कर्मचारीको खल्तीमा सुर्ती, चुरोट छ भन्ने लागेमा जुनसुकै समयमा पनि खान तलासी लिन सकिने छ ।
कार्यालयका स्वास्थ्य सहायक नवराज खड्काले पाँचभन्दा बढी कर्मचारीले आफूसँग भएको सुर्ती र चुरोट बुझाएको बताए । उनले अटेर गरी कार्यालयमा सुर्ती चुरोट बोकेर आउने र सेवन गर्ने कर्मचारीमाथि कारबाही हुने बताए ।