बुटवल, १ मंसिर– एकीकृत नेकपा माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको बहुमत आए वृद्धवृद्धालाई पेन्सनको व्यवस्था गर्ने बताएका छन् । एकीकृत माओवादी रुपन्देही–२ ले भैरहवाको बर्मेलीटोलमा शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले ‘जनता पेन्सन कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई पेन्सनको व्यवस्था...
रुपन्देही, १ मंसिर– चुनावी अभियानका क्रममा दुई पार्टीका कार्यकर्ता जम्काभेट हुँदा आपसमा हानाहान भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच शनिबार रुपन्देही–१ अन्तर्गतको देवदहमा चुनावी प्रचारका क्रममा झडप भएको हो । घरदैलौ अभियान गर्दै हिँडिरहेका एमाले कार्यकर्ता र मोटरसाइकल र्यालीबाट आउँदै गरेका काँग्रेस कार्यकर्ताबीच...
काठमाण्डु, १ मंसिर – संयुक्त राष्ट्रसंघले नेपालमा दोश्रो पटक संविधानसभा निर्वाचन हुन लागेकामा खुसी व्यक्त गरेको छ । राष्ट्रसंघीय महासचिव वान कि मुनले नेपालमा सरकार, राजनीतिक दल तथा निर्वाचन आयोगको साझा प्रयासमा ४ मंसिरमा निर्वाचन हुन लागेकामा खुसी व्यक्त गरेका हुन् । राष्ट्रसंघीय मुख्यालयले...
सिन्धुली, १ मंसिर – नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिऋंखला मेरी बास्सैका दुई कालाकार एकीकृत माओवादी प्रवेश गरेका छन् । मेरी बास्सैमा दारी बूढाको भूमिकामा देखिने सुरवीर पण्डित र मुलाको साग अर्थात सुरेन्द्र केसी एकीकृत माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई सिन्धुली सदरमुकाममा...
भोजपुर, १ मंसिर– भोजपुरमा एकीकृत माओवादीका चुनावी सभामा बम विष्फोट भएको छ । दुई जनाको अज्ञात समूहले कार्यक्रम स्थलमा बम फ्याँकेर विष्फोट गराएको हो । भोजपुर–१ अन्तर्गतको जरायोटारमा भइरहेको सभामा फ्याँकिएका दुई वटा बममा एक मात्र पड्केको र विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको...
चितवन, १ मंसिर– बम बनाउने सूत्रसहित फत्राउ परेकासहित बन्दका समयमा पक्राउ परेका १३ जनालाई चितवन प्रहरीले सार्वजनिक मुद्दा दायर गर्दै कारबाही सुरु गरेको छ । अहिलेसम्म पूर्वी चितवनको खैरहनीमा नक्कली बमसहित पक्राउ परेका एक जना र चितवनका अन्य विभिन्न स्थानमा बम बनाउने सूत्रसहित पक्राउ...
काठमाण्डु, १ मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो पार्टी जनताको बलमा नै स्थापित भएकाले जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन आफू हरदम तत्पर रहेको बताउँदै फर्पिङमा आयोजित जनसभालाई सम्बोधन गरे । आफ्नो पार्टीको...
ओखलढुंगा, १ मंसिर– एकीकृत माओवादीले ओखलढुंगामा आफ्ना नेता कार्यकर्ता सवार गाडी एमालेले दुर्घटना गराएको आरोप लगाएको छ । एकीकृत माओवादी केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलले चालकलाई प्रयोग गरी एमालेले षड्यन्त्रपूर्वक गाडी भिरबाट खसालेको आरोप लगाए । उनले गाडी न्यूट्रोलमा रोकेर गाडी खसालेपछि चालक भागेको बताए...
सोलुखुम्बु, १ मङ्सिर–एकीकृत नेकपा (माओवादी)ले देउसामा शुक्रबार मृत भेटिएकी रश्मी राईको हत्यामा संलग्नलाई कारबाही नगरे शव नबुझ्ने चेतावनी दिएको छ । एकीकृत नेकपा (माओवादी)ले शनिवार सल्लेरीमा पत्रकार सम्मेलन गरी राईको हत्या काँग्रेस कार्यकर्ताबाटै भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग...
सुर्खेत, १ मंसिर – संविधानसभा निर्वाचन बहिष्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् भेरी–कर्णाली राज्य समिति इन्चार्ज मायाप्रसाद शर्मा पक्राउपछि रिहा भएका छन् । शर्मा र पार्टी कार्यकर्ता शिव न्यौपानेलाई शनिबार बिहान सुर्खेत वीरेन्द्रनगरको ढोडेखालीबाट प्रहरीले पक्राउ गरेको थियो ।...
काठमाण्डु, १ मंसिर–प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतिले जनतामा भय त्रास उत्पन्न गर्ने र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको बताएका छन् । निर्धारित संविधानसभाको निर्वाचनको लागि निर्वाचनमा सहभागि सम्पूर्ण दलहरुको प्रतिबद्धता सार्वजनिक गर्न आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उप्रेतीले अबोध नागरिकहरुलाई हिंसाको सिकार बनाउनेहरुलाई आतंककारी...
जनकपुरधाम, १ मंसिर–तराईमा सशस्त्र गतिविधि सञ्चालन गर्नेमध्ये जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह)का अध्यक्ष राजनमुक्ति भनिने रञ्जित झा पक्राउ परेका छन् । धनुषाको लक्ष्मीपुर बगेबा–७ मा बस्ने झा तराई क्षेत्रमा विभिन्न आपराधिक, हिंसात्मक, चन्दा सङ्कलन र हत्याका अभियुक्त हुन् । प्रहरीले उनी पक्राउ परेको...