समाचार

ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

२०७१ पुष ५ गते ४:२१

रौतहट, ५ पुस– ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट हथियाही–७ रुपनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । गत साल भदौ ९ गते हथियाही गाविस–६ का सन्तोष साहलाई हत्या गरी नहरमा फालेको आरोपमा उनलाई पक्राउ...

संविधान जारी गर्न माघ आठ नै चाहिँदैनः भट्टराई

२०७१ पुष ५ गते २:३५

भक्तपुर, ५ पुस–संवैधानिक–राजनीतिक संवाद समितिका सभापति एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिमा संविधान जारी गर्न माघ आठ कै मिति हुनुपर्छ भन्ने नभएको बताएका छन् । मध्यपुर थिमिमा आयोजना राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालको प्रथम भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसारको संविधान...

संविधान नबने सुशीलले सरकार छाड्नुपर्छ: खनाल

२०७१ पुष ४ गते १५:१२

काठमाण्डु, ४ पुस– एमाले वरिष्ठ नेता झलनाथ खनालले माघ ८ मा संविधान जारी हुन नसके प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने बताएका छन् ।   प्रेस चौतारीले शुक्रबार राजधानीमा गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ८ माघमा संविधान नआए सरकार परिवर्तन हुने बताए । भावी...

चिठ्ठामा कार र नगद पुरस्कार परेको भन्दै ठगी गर्ने पक्राउ

२०७१ पुष ४ गते १४:४१

काठमाण्डु, ४ पुस– भारत तथा पाकिस्तानका विभिन्न नम्वरबाट लाखौं रकम तथा कार गाडी पुरस्कार परेको छ भनी ठगी गर्ने अभियुक्तलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाको विशेष टोलीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले विभिन्न व्यक्तिलाई मारुती सुजुकी कार र चिठ्ठा परेको छ, उक्त चिठ्ठावापत...

जर्मनी धर्मपरिवर्तनको विपक्षमा

२०७१ पुष ४ गते १४:३०

काठमाण्डु, ४ पुस– नेपालका लागि जर्मन राजदूत माथियास मायरले आफ्नो मुलुक बलजफ्ती धर्मपरिवर्तनको विरोधमा रहेको बताएका छन् । दूतावासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरु धार्मिक स्वतन्त्रताको पक्षमा रहे पनि बलजफ्ती धर्मपरिवर्तनको भने विपक्षमा रहेको बताए । धर्म परिवर्तन व्यक्तिको अधिकार भए पनि दबाबमा...

रक्सी पिएर सडकमा हिंड्ने पनि मापसेमा पर्ने !

२०७१ पुष ४ गते १४:१४

काठमाण्डु, ४ पुस– गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई समेत कारबाही गर्नु पर्ने बताएका छन् । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा उनले मदिरा सेवन गरेर हिंड्न पनि रोक लगाउनुपर्ने बताएका हुन् । राजमार्ग आसपास क्षेत्रमा मदिरा बेचबिखन गर्नमा रोक लगाउनुपर्ने उनको...

काँग्रेस पतन हुने भविष्यवाणी गर्दै खुमबहादुरले भने, ‘हिन्दू राज्य नभएको संविधान रत्नपार्कमा जलाउँछौं’

२०७१ पुष ४ गते १३:११

काभ्रे, ४ पुस– काँग्रेस नेता एवम् हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक खुमबहादुर खड्काले धर्मनिरपेक्ष संविधान बने जलाउने चेतावनी दिएका छन् । ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ को भेलालाई शुक्रबार सम्बोधन गर्दै खड्काले हिन्दूराष्ट्र नलेखिएको संविधान रत्नपार्कमा जलाउने चेतावनी दिएका हुन् । उनले नेपाललाई हिन्दू राष्ट्रय...

एमाले नेता पौडेलले भने, ‘फेरि संविधानसभा विघटन गर्ने त ?’

२०७१ पुष ४ गते १२:५८

काठमाण्डु, ४ पुस– एमाले नेता विष्णु पौडेलले सहमति वा प्रक्रिया दुवैबाट अघि नबढ्ने भए संविधानसभा विघटनको अवस्था आउन सक्ने बताएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उनले सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नदिने भए...

पद्मरत्नको नेतृत्वमा जनजाति मार्चपास

२०७१ पुष ४ गते १२:०७

काठमाण्डु, ४ पुस– पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति संयुक्त राष्ट्रिय आन्दोलनको अगुवाइमा शुक्रबार जनजातिहरुले काठमाण्डुमा प्रदर्शन गरेका छन् । पहिचानसहितको संघीयताको माग गर्दै माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनलाई ‘जनजाति मार्च पास’ नाम दिइएको थियो ।  मार्चपासको नेतृत्व तुलाधारसहित संघीय समाजवादी पार्टीका अध्यक्ष...

पत्रकार बलात्कार गर्ने जेल गएकामा महासंघको स्वागत

२०७१ पुष ४ गते १०:५३

काठमाण्डु, ४ पुस– स्याङ्जामा सञ्चारमाध्यममा कार्यरत एक सञ्चारकर्मी युवतीमाथि भएको बलात्कारको मुद्दामा सर्वोच्च आदालतले पुस ३ गते गरेको फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघले आज एक विज्ञप्ति निकाली उक्त फैसलाको स्वागत गरेको हो । सर्वोच्च अदालदतका न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र देवेन्द्रगोपाल...

नेपालमा किन जान्छ दैनिक ४ पटक भूकम्प ?

२०७१ पुष ४ गते १०:३४

काठमाण्डु, ४ पुस– नेपालमा दैनिक चारवटा भूकम्प आउने गरेको छ । लोडसेडिङका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन नसक्दा भूकम्प मापनमा कठिनाइ भइरहेको छ । अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन गर्ने मुलुककै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले...

अलपत्र सुत्केरीलाई युवकले दिए साहारा

२०७१ पुष ४ गते १०:२७

कञ्चनपुर, ४ पुस– विवाह गर्ने प्रलोभनमा पारेर आफ्नै फूपूको छोराले गर्भवती बनाइ भागेपछि अलपत्र परेककी कञ्चनपुरको कृष्णपुर– १ की १४ वर्षीया किशोरीलाई स्थानीय ३३ वर्षीय युवकले श्रीमतीका रुपमा राखेर सहारा दिएका छन् । स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी किशोरीलाई उनकै फूपूको छोराले गर्भवती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us