जर्मनी धर्मपरिवर्तनको विपक्षमा

काठमाण्डु टुडे २०७१ पुष ४ गते १४:३० मा प्रकाशित

Matthias_Meyerकाठमाण्डु, ४ पुस– नेपालका लागि जर्मन राजदूत माथियास मायरले आफ्नो मुलुक बलजफ्ती धर्मपरिवर्तनको विरोधमा रहेको बताएका छन् ।

दूतावासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरु धार्मिक स्वतन्त्रताको पक्षमा रहे पनि बलजफ्ती धर्मपरिवर्तनको भने विपक्षमा रहेको बताए ।

धर्म परिवर्तन व्यक्तिको अधिकार भए पनि दबाबमा धर्म परिवर्तन भने गर्न नहुने उनको भनाइ थियो । ‘हामी धार्मिक स्वतन्त्रताका पक्षमा छौ’, राजदूत माथियासले भने, ‘तर जर्बजस्ती धर्म परिवर्तन गराउने पक्षमा हामी छैनौं ।’

अर्को एक फरक प्रसंगमा उनले कस्तो संविधान बनाउने भन्ने निर्णय नेपाली जनता र उनीहरुले चुनेका प्रतिनिधिलाई रहेको भन्दै आफूहरुका तर्फबाट कुनै दबाब नहुने प्रष्याए । संविधान निर्माण प्रक्रियामा सहयोग भने गर्ने जानकारी उनले दिए ।

नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्कले सभासदहरुलाई खुला चिठी खेलेर धर्म परिवर्तनको पक्षमा वकालत गरेकामा व्यापक विरोध भइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us