संविधान नबने सुशीलले सरकार छाड्नुपर्छ: खनाल

काठमाण्डु टुडे २०७१ पुष ४ गते १५:१२ मा प्रकाशित

JN_khanal1काठमाण्डु, ४ पुस– एमाले वरिष्ठ नेता झलनाथ खनालले माघ ८ मा संविधान जारी हुन नसके प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने बताएका छन् ।

 

प्रेस चौतारीले शुक्रबार राजधानीमा गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ८ माघमा संविधान नआए सरकार परिवर्तन हुने बताए ।
भावी सत्ता समीकरणबारे पत्रकारले सोधेको जिज्ञाशाको भने जवाफ नदिई हाँसेर टारे ।
‘एमालेलाई काँग्रेसभित्रबाट सरकारबाहिरै राख्ने चलखेल भइरहेको सुनिन्छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यसो भए एमालेलाई फाइदै पुग्छ, पार्टी काममा लाग्न पाइन्छ ।’
अर्को एक परक प्रसंगमा खनालले संविधानका अन्तरवस्तुमा सहमति नभए प्रक्रियामै गएर पनि संविधान बनाउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us