काठमाण्डु, ४ पुस–पूजा बोहरालगायत बलात्कृत महिलालाई न्याय दिलाउन भन्दै नेपाल विद्यार्थी सङ्घ पद्ममकन्या क्याम्पस एकाइले बागबजार सडकमा चक्काजाम गरेर नाराबाजी गरेको छ । सो क्याम्पसका विद्यार्थीले शुक्रबार बिहान बिहान ९ बजेदेखि ९ः३० बजेसम्म सडकजाम गरेर ‘महिला हिंसा अन्त्य गर’ ‘बलात्कृत घटनाका दोषीलाई कडा कारबाही...
दाङ, ४ पुस– जिल्ला अदालत दाङले गाई मारेको अभियोगमा एकजनलाई १२ वर्ष दैक सुजाय सुनाएको छ । अदालतले जिल्लाको सैघा गाविस– ७ का माघे पुनलाई १२ वर्षको कैद सजाय सुनाएको हो । उनले छिमेकी लक्ष्मी पुनको गाईलाई फरुवाले टाउकोमा हानेर मारेका थिए । उनीविरुद्ध...
धनगढी, ४ पुस– नेपाली काँग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि संसद क्षेत्र विकास कार्यक्रममार्फत १० लाखको सहयोग गर्ने घोषणा गरेका छन् । बिहीबार सुदूरपश्चिमाञ्चल औद्योगिक, कृषि, पर्यटन र व्यापार मेलाको समापन समारोहमा शुक्रबार उनले...
जनकपुर, ४ पुस– भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन् । गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाहीपछि उनीहरुको अवस्था अज्ञात रहेकोमा पीडित परिवारद्वारा खोजतलासका क्रममा एकजनालाई कारागारमा भेटेको...
प्रेमिकासँगको प्रेमलाई मात्र मैले प्रेम ठान्दिनँ । त्यसैले मैले जीवनमा प्रेम नै प्रेम पाएको छु । श्रीमतीदेखि लिएर बुबा–आमा सन्तानसम्मको प्रेम । कलेज पढ्दाताका त्यस्तो आकर्षण त भइहाल्छ । त्यो स्वाभाविक पनि हो । जीवनमा धेरै जनासँग आकर्षित भइयो तर आफ्नो जीवन दर्शनले गर्दा त्यस्तोमा...
डोल्पा, ४ पुस– डोल्पामा गत सोमबारदेखि लगातार दुई दिनसम्म परेको हिमपातले गर्दा डोल्पा जुम्ला बाटो बन्द भएको छ । लगातार परेको हिमपातले गर्दा डोल्पामै सबैभन्दा उचाइमा रहेका मौरे लेक र बलाङरा लेकमा चारफिट सम्म हिँउ जमेपछि बाटो बन्द भएको हो । लेकमा हिउँ जम्दा...
लहान, ४ पुस– बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी गाविस–९ की १८ वर्षीय चन्द्रप्रकाश यादव र सोही ठाउँका २२ वर्षीय...
वीरगन्ज, ४ पुस– चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्युभएको छ । मृत्यु हुनेमा हेटौँडा नगरपालिका वडा नं ९ का ३६ वर्षीय बाबु विक रहेका छन् । वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० स्थित नेपाल खानेपानी संस्थान कार्यालयको मूल गेटबाहिर उनको शव फेला परेको प्रहरीले जनाएको छ...
काठमाण्डु, ४ पुस– आतंकवादी क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ व्यक्तिलाई छाड्न एक संस्थाले ४८ घण्टे अल्टिमेटम दिएको छ । ‘कल्की फाउण्डेशन नामक संस्थाका प्रमुख युनुस अलगोहरले एक भिडियो सन्देश जारी गर्दै पक्राउ परेका आफ्ना सदस्यलाई ४८ घण्टाभित्र छाड्न अल्टिमेटम दिएका हुन् ।...
काठमाण्डु, ४ पुस– संविधानसभा अदालतले संविधानसभाको दोश्रो निर्वाचनमा सिराहा–५ बाट निर्वाचित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन परिणाम बदर नहुने फैसला गरेको छ । न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले प्रचण्डले निर्वाचन धाँधली गरेको भन्ने दाबीसहित परेको रिट खारेज गरेको...
दाङ, ४ पुस– प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले यस वर्षको प्रगतिशील साहित्य पुरस्कार अग्रज साहित्यकार गिरीराज शर्मालाई प्रदान गरेको छ । संघको २२ औं स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै प्रलेस दाङ शाखामा स्थापित चिन्तामणि–जमुना...
इलाम, ४ पुस– उपभोक्ताबाट विद्युत् महसुल ठगी गर्ने एक मिटर रिडरलाई प्रहरीले पक्राउ गरेको छ । चिसापानीका उपभोक्ताबाट रु ६ लाख ठगी गरेको आरोपमा चिसापानी– ७ का टंकमणि लुइँटेललाई विहार प्रहरीले पक्रेको हो । लुइँटेलले तीन वर्षदेखिको मिटर रिडिङ गरेर नेपाल विद्युत् प्राधिकरण इलाम...