एमाले नेता रवीन्द्र अधिकारी भन्छन्, ‘सेक्स चाहिन्छ तर…’

काठमाण्डु टुडे २०७१ पुष ४ गते ६:०३ मा प्रकाशित

अहिले कति वर्षको हुनु भयो ?

म ४५ वर्षमा हिडदै छु ।

तपाईको रुचि के–के विषयमा छ ?
विशेष गरेर अध्ययन, अनुसन्धानमा मेरो रुचि छ । साथै मुलुकको वर्तमान यथार्थतालाई बुझेर गर्न सकिने परिवर्तनका लागि हाम्रो योगदान के हुन सक्छ भन्नेमा मेरो विशेष चासो छ । अहिले म त्यसै क्षेत्रमा काम गरिरहेको छु ।

सबैभन्दा मन पर्ने तीन कुरा ?
पहिलोमा साहित्य, कला, संस्कृति । दोस्रोमा धरातलीय यथार्थ बुभ्mनका लागि गरिने भ्रमण र जानकारी लिनु । तेस्रोमा असल मान्छेहरुसँग छलफल गर्नु, नागरिकहरुसँग भेटघाट– अन्तरक्रियामार्फत् यथार्थ थाहा पाउने ।

सबैभन्दा मन नपर्ने तीन कुरा ?
पहिलो गफ गरेर समय बिताउने । दोस्रो नकारात्मक सोच भएको मान्छे । तेस्रो बल प्रयोग गरी कुनै चिज आफ्नो पक्षमा पार्न खोज्ने अथवा भन्नुस् बल प्रयोग गर्ने सिद्धान्त ।

Rabindra Adhikari

कस्ता मान्छे मन पर्दैनन् ?
कुरा काट्ने, इष्र्या गर्ने, षडयन्त्र गर्ने मान्छे ।

जीवन मोडिएको त्यो क्षण, जसले तपाईलाई यहाँ ल्याइपुर्यायो ?
मेरो जीवनमा केही खास–खास कुराहरु छन् । खासमा बिबाह पछाडि जीवनले अर्को मोड लियो । त्यस्तै रहरैरहरमा राजनीतिमा लागेको मान्छे भन्दा पनि हुन्छ, जेल परेपछि जिवनमा नौलो मोड आयो । एउटा राजनीतिक स्कुलिङबाट आएको मान्छेलाई अध्ययन र किताबले नयाँ मोडमा उभ्याइदियो । मलाई साँघुरो सोचबाट नयाँ धरातलमा ल्याइदियो, जुन खुला आकाशसरि थियो । हामी माक्र्सवाद भनेर लागेको मान्छे हाम्रोमा अन्य किताबहरु त्यति पढ्ने चलन हुँदैन तर मलाई किताबले नयाँ मोडमा उभ्याइदियो । मलाई फराकिलो सोच्ने मान्छे किताबले नै बनाइदिएको हो । आज लाग्छ किताब पढ्नु पर्ने रहेछ ।

प्रेमको कुनै अनुभूति ?
प्रेमिकासँगको प्रेमलाई मात्र मैले प्रेम ठान्दिनँ । त्यसैले मैले जीवनमा प्रेम नै प्रेम पाएको छु । श्रीमतीदेखि लिएर बुबा–आमा सन्तानसम्मको प्रेम ।

विपरित लिङ्गीप्रतिको आकर्षण वा प्रेम कतिजनासँग भयो ?
कलेज पढ्दाताका त्यस्तो आकर्षण त भइहाल्छ । त्यो स्वाभाविक पनि हो । जीवनमा धेरै जनासँग आकर्षित भइयो तर आफ्नो जीवन दर्शनले गर्दा त्यस्तोमा मात्र लाग्ने अनुमति आफैसँग पाइएन ।

जीवनमा सेक्सको कस्तो भुमिका हुन्छ ?
सेक्स मानिसको जैविक आवश्यकता हो तर त्यसैका लागि मानिस जन्मेको होइन ।

सेक्स भनेपछि मान्छेहरु किन बढी उत्साही हुन्छन् ?
सेक्सलाई बुझने सन्दर्भमा मानिसहरु भ्रममा छन् जस्तो लाग्छ । कसैकसैमा आशक्ति बढी भएर त्यस विषयमा बढी सोच्ने र अरु काम छोडने गर्ने गर्दछन् । मानिस त्यस्तो हुनु हुँदैन ।

खानामा मन पर्ने ?
दाल, भात, तरकारी र मासुको झोल ।

रक्सी कत्तिको खानु हुन्छ ?
साह्रै कम ।

तपाई सोसल ड्रिंकर (सामाजिक जँड्याहा) हो अथवा नियमित मात्ने खालको ?
मलाई सोसल ड्रिंकरभन्दा हुन्छ । म नियमित मात्ने कुरा सम्भवै छैन ।

नाच्न कत्तिको मन पराउनु हुन्छ ?
म नाच्न अति नै मन पराउँछु । त्यति मात्र होइन गीत गाउन, बाजा बजाउन, नाटक लेख्नु तथा खेल्नु पनि मेरो रुचि हो । यसलाई यति भन्न सक्नु हुन्छ, मेरो गीत र संगीतमा निकै रुचि छ ।

Rabindra 1

केही समयअघि कुनै रिसोर्टमा तपाईं रक्सी खाएर नाच्नु भएको फोटो सार्वजनिक भएको थियो नि ?
त्यो एक प्रकारको रमाइलो हो । पार्टीमा एकता भएर अगाडि बढ्ने सन्दर्भमा गरिएको काम हो त्यो । हाम्रो समाजमा यथार्थभन्दा अगाडि पुगेर टिप्पणी गरिहाल्ने चलन छ । नाच्ने\गाउने हाम्रो संस्कार र संस्कृति हो । यसलाई हामीले कसरी अगाडि बढाउँछौ भन्नेसँग यी कुरा गाँसिएका हुन्छन् ।

संविधान बनाउनेतिर ध्यान दिनुपर्ने बेलामा तपाईंहरु रक्सी खाएर नाच्दै गरेको दृश्यले जनतामा कस्तो प्रभाव पर्ला त ?
संविधान बनाउने भन्ने कुरा चौबिसै घण्टा हुन्छ र ? पार्टीका काम, समस्याहरु, त्यसका गाँठाहरु सहज रुपले समाधान भए पनि संविधान लेखनको कुरा अगाडि बढ्न सक्छ । त्यस्ता कार्यक्रमले अन्तरक्रिया गर्न सिकाउँछ, मानिसहरुको मत बुभ्mन सहज बनाउँछ । मत बुझेर नै त हो समाधानतर्फ लाग्ने, होइन र ? मानिसको जीवन मनोरञ्जनदेखि अन्य यावत कुराले गाँसिएको हुन्छ । मानिस गोलि लाग्दा लाग्दै रमाउन सिक्नु पर्छ । हाम्रा कति नेताहरु जेल परे । जेल परेँ भनेर रुँदै बस्ने त ? ल भन्नुस् त ? यो त जीवनलाई बुझने र जिउने कुरा पनि हो ।

तपार्इंहरुको फोटो तपाईकै पार्टीका नेताले सार्वजनिक गरे भन्ने छ नि ? वास्तविकता के हो ?
त्यो, म भन्न सक्दिनँ ।

———————

प्रस्तुति : नरेश ज्ञवाली/काठमाण्डु टुडे ।।

————————-

र यो पनि पढ्नुहोस

एमाले सभासद् रवीन्द्र अधिकारी भन्छन्–‘माघ ८ मा संविधान आउँदै–आउँदैन’ 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us