
वीरगन्ज, ४ पुस– चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्युभएको छ ।
मृत्यु हुनेमा हेटौँडा नगरपालिका वडा नं ९ का ३६ वर्षीय बाबु विक रहेका छन् ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० स्थित नेपाल खानेपानी संस्थान कार्यालयको मूल गेटबाहिर उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
। विक विगत लामो समयदेखि एचआइभीबाट सङ्क्रमित भएको बुझिएको छ । उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।
शवपरीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर वलीले बताए । रासस