बुटवल, १ मंसिर–तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका कार्यकर्ताले रुपन्देहीको मसिनामा नेपाली काँग्रेसका समानुपातिक महिला उम्मेदवारलगायतका महिला कार्यकर्तामाथि हातपात गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं. ७ अन्तर्गत मसिनामा चुनाव प्रचारप्रसारका लागि गएकी नेपाली काँग्रेस समानुपतिक उम्मेदवार सूर्यमति उपाध्यायसहित महिलामाथि आक्रमण गरेको काँग्रेस रुपन्देहीले जनाएको छ...
लहान, १ मंसिर–संविधानसभाको निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीसहितको मोर्चाले निर्वाचन प्रभावित बनाउन देशभरि यातायात बन्द गरे पनि बहिष्कारवादीको चक्काजामले सिरहाको चुनावी वातावरण भने रोकिएको छैन । मत हाल्ने दिन नजिकिंदै जाँदा चुनावी वातावरण तीव्र रुपले बढेको छ । माओवादी नेतृत्वको बहिष्कारवादी मोर्चाले बन्द गरेको भए...
गौशाला, १ मंसिर–महोत्तरी जिल्लाको क्षेत्र नं. ५ का मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का उम्मेदवारले संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रका सदभावना पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । फोरम (गणतान्त्रिक)का उम्मेदवार चन्द्रिका यादवले शनिबार बिहान महोत्तरीका सञ्चारकर्मीलाई टेलिफोन गर्दै आफूले सदभावना पार्टीका उम्मेदवार देवेन्द्र यादवलाई समर्थन...
मङ्गलबारे, १ मंसिर–नेकपा एमालेका नेता सुवास नेम्बाङले चुनावी वातावरण उत्कर्षमा पुगेकाले कुनै पार्टीले बम राखेर तर्साउन खोज्दा नेपाली जनता नतर्सिने बताएका छन् । शनिवार विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले बम राख्नुभन्दा वार्ता र सहमतिको बाटोबाट निकास खोज्न आग्रह गर्दा गर्दै पनि नेकपा–माओवादीसहितको मोर्चा वार्तामा...
काठमाण्डु, १ मंसिर–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद चौधरीको घरमा बम विष्फोट भएको छ । रुपन्देहीको हाटिबनगाई–४ स्थित चौधरीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटबाट घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।...
त्रिशुली, १ मंसिर । संविधानसभा निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले नुवाकोटका सबै गाविसमा रात्रिगस्ती सुरु गरेको छ । यही मंसिर ४ गतेसम्मका लागि निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको फस्ट राइफल गणले रातिको गस्ती पेट्रोलिङ सुरु गरेको हो । सेनाले यसअघि दिउँसोमा मात्रै गस्ती...
काठमाण्डु २९ कात्तिक–संविधानसभा निर्वाचनका लागि आवश्यक सामग्री र सुरक्षा प्रबन्धसहित अधिकांश मतदानस्थलमा कर्मचारीहरू पुगिसकेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्छ । १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ मतदान केन्द्रका लागि दुई लाख १५ हजार...
काठमाण्डु, २९ कात्तिक– निर्वाचन बहिष्कार गर्दै यातायात बन्दको आह्वान गरेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले सर्वोच्च अदालतको पत्र बुझ्न अस्वीकार गरेको छ । निर्वाचन जनताको विशेष अधिकार भएको भन्दै सर्वोच्चले बुधबार बन्द नगर्न आदेश दिँदै गरेको फैसलासहितको पत्र मोर्चाले बुझ्न नमानेको हो । सर्वोच्चका कर्मचारीले नेकपा–माओवादी...
काठमाण्डु, २९ कात्तिक– महानायक राजेश हमालले अहिले मुलुकको अवस्था प्रतिकूल, चुनैतीपूर्ण र समस्यामा रहेपनि यसको विकल्प नरहेकाले देशको संविधान बनाउन तथा देशको अग्रगामी भविष्यका लागि चुनावमा भोट खसाल्नुपर्ने बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको ऐतिहासिक संविधानसभा निर्वाचनमा चलचित्रकर्मीहरुको दायित्व र भूमिका...
काठमाण्डु, २९ कात्तिक– प्रधानसेनापति गौरव शम्शेर जबराले उपत्यका पृतना मुख्यालयअन्तर्गत ललितपुर जिल्लाको आस्राङ सुरक्षा बेस, काभ्रपलाञ्चोक जिल्लाको कामीडाँडा सुरक्षा बेस र सिन्धुपाल्चोक मेलम्चीस्थित भीमकाली गुल्मको निरीक्षण गरेका छन् । उनले सिन्धुपाल्चोक जिल्लाको थानपालछापमा भीमकाली गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग...
सिरहा, २९ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले बहुपहिचानसहितको सात प्रदेश एमालेको एजेन्डा भएपनि त्यसमा पुनःविचार गर्न सकिने बताउनुभएको छ । उनले भने, ‘निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउँछ हेर्नुछ । त्यसपछि सङ्घीयताको बहस नयाँ रुपले गर्न तयार छु ।’ सिरहा–५ का एमाले उम्मेदवार लीलानाथ...
काठमाण्डु, २९ कात्तिक– सरकारले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा ‘बुथ क्याप्चर’ को सपना नदेख्न चेतावनी दिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विगतमा जस्तो धाँधली गर्ने सपना नदेख्न चेतावनी दिएको हो । मतदान केन्द्रको सुरक्षा व्यवस्था बलियो बनाइएकाले कसैले बुथक्याप्चर गर्न नसक्ने...