समाचार

महोत्तरीका ४० विद्यालयका बैंक खाता रोक्का

२०७१ पुष ४ गते ३:३३

महोत्तरी, ४ पुस– गैरसरकारी संस्थाको सहयोगमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिरहेका महोत्तरीको ४० विद्यालयका बैंक खाता रोक्का गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालले साढे दुई वर्षअघि सुरु गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत आधारभूत शिक्षामा सुधार परियोजना सम्पन्न भइसक्दासमेत खाता रोक्का...

कैलाश सत्यार्थी काठमाण्डुमा

२०७१ पुष ४ गते ३:२५

काठमाण्डु, ४ पुस– २०१४ को नोबेल शान्ति पुरस्कारका बिजेता  कैलाश सत्यार्थी शुक्रबार नेपाल अाएका छन् । सन् १९९० बाट आफैले चलाएको ‘बचपन बचाओ आन्दोलन’ का सञ्चालक सत्यार्थी आफ्नो पूर्वप्रतिवद्धता उनुरुप अाएका हुन् । कात्तिकमा नोबेल पुरस्कार पाएसँगै उनले नेपाल आउने प्रतिवद्धता जनाएका थिए ।...

प्रहरीद्वारा गाँजाखेती नष्ट

२०७१ पुष ४ गते २:५६

चितवन, ४ पुस– पूर्वी चितवनको लोथर गाविसका विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लोथर–१ को तान्द्राङ र ३ को हुम्पुङमा गरी साढे आठ बिगाहा जग्गामा लगाइएको गाँजाखेती नष्ट गरेको इलाका प्रहरी कार्यालय भण्डारा चितवनले जनाएको छ । तान्द्राङमा पाँच बिगाहा र...

सर्वोच्चले सोध्यो, ‘सिन्डकेट किन ?’

२०७१ पुष ४ गते २:०३

काठमाण्डु, ४ पुस– सर्वोच्च अदालतले सार्वजनिक यातायातमा भएको सिन्डिकेट हुनाको र अदालतको अवहेलनामा कारबाही गर्न नपर्नाको कारण एक महिनाभित्र लिखित रुपमा पेश गर्न व्यवसायीहरुलाई आदेश गरेको छ । सिनिडकेट गर्नेलाई कारबाही गरी पाउँ भनी उपभोक्ता हित संरक्षण मञ्चले दारय गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश...

४ दशमलब ८ रेक्टर स्केलको भूकम्प, काठमाण्डु उपत्यकामा पनि धक्का

२०७१ पुष ३ गते १५:४३

काठमाण्डु, ३ पुस- पूर्वको सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर बिहीबार राति ४ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ । नाम्चे बजारबाट २१ किलोमिटर दक्षिण पश्चिम खुम्जुङ क्षेत्रलाई केन्द्र बनाएर राति ९ बजेर १८ मिनेटमा भूकम्प गएको हो । देशका अधिकांश भूभाग लगातार करिब ५...

राजनीतिक स्थिरताका लागि लोकतान्त्रिक संविधान आवश्यकः उपप्रधानमन्त्री सिंह

२०७१ पुष ३ गते १३:०८

काठमाण्डु, ३ पुस–उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको राजनीतिक स्थिरताका लागि लोकतान्त्रिक संविधान आवश्यक हुने बताएका छन् । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा डा डिल्लीरमण रेग्मीको एक सय दुई औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको भविष्य सुन्दर बनाउनका लागि विद्यमान अस्थिरतालाई अन्त्य गर्न...

जेठाजुले बाँसको भाटाले हानेर मारे बुहारी

२०७१ पुष ३ गते १३:०७

सप्तरी, ३ पुस- सप्तरी सदरमुकाम राजविराजमा जेठाजुको कुटाइबाट बुहारीको मृत्यु भएको छ । राजविराज ३० की कान्छी भनिने अम्बिकादेवी यादवको उनकै जेठाजु सत्यनारायण, जेठानी सुहाविन र छोरी ललितालगायतले कुटेर हत्या गरेका हुन् । उनीहरुले बाँसको भाटाले अम्बिकादेवीलाई कुटेका थिए । कुटपिटबाट गम्भीर घाइते उनको...

एमाले सभासद् रवीन्द्र अधिकारी भन्छन्–‘माघ ८ मा संविधान आउँदै–आउँदैन’

२०७१ पुष ३ गते १२:५७

काठमाण्डु, ३ पुस– एमाले केन्द्रीय सदस्य तथा सभासद् रवीन्द्र अधिकारी शीर्ष नेताहरुले बारम्बार दोहोर्याएको मिति माघ ८ मा संविधान नआउने दाबी गर्छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै युवा नेता अधिकारीले भने, ‘भनेर मात्रै हुँदैन, माघ ८ मा संविधान आउँदैन, यही अहिलेको रियालिटी (यथार्थ) हो...

मानवअधिकार आयोगले सोध्यो– बालबालिकालाई सुई खोई ?

२०७१ पुष ३ गते १२:५६

काठमाण्डु, ३ पुस– दुई वर्षदेखि अभाव रहेको क्षयरोग, रुबेला, दादुराको सुई खरिद् नगर्दा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले देशका विभिन्न ठाउँमा सुई उपलब्ध नगराउँदा सुईको अभाव देखिएको छ । एमआर र बिसिजी नामक सुई तत्काल व्यवस्था गर्न नेपाल मानव अधिकार आयोगले सरकारलाई आजै...

पर्यटन कार्यालयलाई नै थाहा छैन- पोखरामा कति पर्यटक आउँछन् ?

२०७१ पुष ३ गते ११:२७

कास्की, ३ पुुस–नेपालको प्रमुख पर्यटकीय गन्तब्य पोखरामा वार्षिक कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क राख्न छाडिएको छ । वार्षिक रुपले पोखरा भित्रने पर्यटकको तथ्याङ्क राख्दै आएको पर्यटन कार्यालय पोखराले कर्मचारी अभाव देखाउँदै तथ्याङ्क संकलन गर्न छाडेपछि यो अवस्था आएको हो । कार्यालयले सन् २०११ सम्म...

राष्ट्रपतिद्वारा पेशावर आक्रमणको भत्र्सना

२०७१ पुष ३ गते ११:०८

काठमाण्डु, ३ पुस– राष्ट्रपति डा रामवरण यादवले पाकिस्तानको पेशावर सहरस्थित एक विद्यालयमा भएको आक्रमणमा परी ठूलो सङ्ख्यामा निर्दोष बालबालिका मारिएका तथा घाइते भएका खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् । राष्ट्रपतिले उक्त आक्रमणलाई मानवता विरोधी बर्बरतापूर्ण अपराध भन्दै कडा शब्दमा भत्र्सना गरेका छन्...

दलका कार्यकारी नै सरकारी शिक्षक, शिक्षा कार्यालय मौन

२०७१ पुष ३ गते १०:५४

जाजरकोट, ३ पुस–शिक्षकको आचारसंहिता र शिक्षा नियमावली विपरीत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक राजनीतिक दलको कार्यकारी पदमा रहे पनि शिक्षा कार्यालय जाजरकोट मूकदर्शक बनेको छ । सरकारी दरबन्दीमा कार्यरत शिक्षक आफ्नो नैतिकता र जिम्मेवारी भुलेर दलका विभिन्न समितिमा खुलेआम रहन थाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us