मानवअधिकार आयोगले सोध्यो– बालबालिकालाई सुई खोई ?

काठमाण्डु टुडे २०७१ पुष ३ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ३ पुस– दुई वर्षदेखि अभाव रहेको क्षयरोग, रुबेला, दादुराको सुई खरिद् नगर्दा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले देशका विभिन्न ठाउँमा सुई उपलब्ध नगराउँदा सुईको अभाव देखिएको छ ।

Vaccine
एमआर र बिसिजी नामक सुई तत्काल व्यवस्था गर्न नेपाल मानव अधिकार आयोगले सरकारलाई आजै ध्यानाकर्षण गराएको छ । आयोगले आज एक विज्ञप्ती जारी गरी बच्चाहरुका लागि क्षयरोग, दादुरा र रुबेलाको सुई अभाव हुन नदिन आग्रह गरेको हो ।
यसैबीच स्वास्थ्यमन्त्री खगराज अधिकारीले दुई साताभित्र सुई आइसक्ने बताएका छन् । मन्त्री अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण पौडेलले पनि दुई साताभित्रै दादुरा, क्षयरोग र दादुराको सुई उपलब्ध हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us