मोरङ, ३ पुस–सामूहिक बलात्कारमा संलग्न एक बालकसहित तीनजनालाई १० वर्षको कैद सजाय सुनाइएको छ । गत जेठ १७ गते मोरङको लेटाङ गाउँ विकास समिति वडा नं. ९ स्थित चिसाङ खोलामा भोगटेनीकी ३६ वर्षीया एक महिलालाई बजारबाट घर फर्कंदै गर्दा सामूहिक बलात्कार गर्ने १४ वर्षीय...
भक्तपुर, ३ पुस–नेपाल विद्युत् प्राधिकरण भक्तपुर अन्तर्गतका दुईवटा शाखामा मागअनुसारको मिटर नआएपछि मिटर जडान गर्न आर्थिक चलखेल हुने गरेको गुनासो बढेको छ । महिनौ कुर्दा पनि मिटर नपाएपछि प्राधिकरणभित्रैका केही कर्मचारीले नयाँ मिटर जडानमा पैसा माग्ने गरेको गुनासो बढेको हो । असोज पहिलो साता...
विराटनगर, ३ पुस–मोरङमा यात्रुबाहक बसको ठक्करबाट बिहिबार बिहान एक वृद्धको मृत्यु भएको छ । केराबारी–७ बस्ने पैदल यात्रु ७० वर्षीय डम्बरसिंह रसाइलीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । केराबारी–धरान सडकखण्डमा चल्ने को१ख २७५९ नम्बरको सो बसले ठक्कर दिँदा गम्भीर घाइते...
काठमाण्डु, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमै बोलाएर भेटेका छन् । संविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच कुनै सहमति नभएको अवस्थामा प्रधानमन्त्री र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । सत्तारुढ दलहरुबीच नै सरकार विस्तार तथा हेरफेरको चर्चा चलिरहेकै बेलामा...
कास्की, ३ पुस–नयाँ विमानस्थलका लागि सरकारले अधिग्रहण गर्न लागेको जग्गाको उचित मुअब्जा माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण छिनेडाँडा पोखरामा तालबन्दी गर्न पुगेका स्थानीय जग्गाधनी र प्रहरीबीच झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । प्रहरी र स्थानीयवासीतर्फ पाँच–पाँचजना गरी कम्तीमा १० जना...
काठमाण्डु, ३ पुस–नेपालमा बर्सेनि १७ हजारले स्नातकोत्तरको अध्ययन सिध्याउँछन् तर कतिले त्यसलाई जीवनमा उतार्छन् त ? सायद यो प्रश्न अनुत्तरित होला । यस्तै कथा र व्यथा बोकेको एक युवकको कथा हो ‘डिग्री माइला’ नाटक । अहिलेसम्म गरी अनामनगरस्थित मण्डला नाट्यघरमा यो तीनपटक प्रदर्शनीमा आइसकेको...
काठमाण्डु, ३ पुस– एमाले नेता तथा सभासद् भरतमोहन अधिकारीले संविधान निर्माणमा परेको गाँठो अब सभाध्यक्ष सुवास नेम्वाङले फुकाउनुपर्ने बताएका छन् । संविधानसभाको आजको बैठकमा बोल्दै नेता अधिकारीले समय धेरै घर्किसकेकाले समस्याको गाँठो सभाध्यक्षकै नेतृत्वमा फुकाउनुपर्ने विचार व्यक्त गरेका हुन् । राजनीतिक दलहरुबीचमा सहमति हुन...
बागलुङ, ३ पुस–संविधानसभा सदस्य हरिबहादुर खड्काको मोटर दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले तोकिएको म्याद सकिएपछि मात्र काम सुरु गरेको छ । सरकारले पत्र ढिला दिएका कारण काम ढिला सुरु गरेको समितिले बताएको छ । गत मङ्सिर १७ गते जिप दुर्घटनामा गम्भीर घाइते...
गोरखा, ३ पुस–गोरखाका सरकारी विद्यालयमा विज्ञान पढाउने शिक्षक अभाव भएको छ । जिल्ला शिक्षा कार्यालय गोरखाले गत मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी शिक्षण अनुमतिपत्र भएका शिक्षकलाई अवकाश दिने परिपत्र गरेपछि विज्ञान शिक्षकको विद्यालयमा अभाव देखिएको हो । जिल्लाभर रहेका निमावि, माविमा विज्ञान...
राजविराज, ३ पुस–सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजीवन अस्तव्यस्त भएको समयमा पछिल्लोपटक सप्तरीमा कठ्याङ्ग्रिएर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हनेमा जिल्लाको बनैनिगा गाविस–२ निवासी ७० वर्षीय चनदेश्वर खंग रहेको प्रहरीले...
रसुवा, ३ पुस- मोहन वैद्य नेतृत्वको नेकपा माओवादी रसुवा जिल्ला कमिटी खाली भएको छ । सिंगो जिल्ला कमिटी नवगठित नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा लागेपछि वैद्यको जिल्ला कमिटी खाली भएको हो । केन्द्रीय सदस्य बाबुराम गजमेरको उपस्थितिमा धारपानीमा बसेको जिल्ला कमिटी बैठकबाट जिल्ला सचिव...
काठमाण्डु, ३ पुस– प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी पेट्रोलियम पदार्थको भाउ घटाउन आग्रह गरेका छन् । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य सँगसँगै ढूवानी भाडा...