सिरहा, २९ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले बहुपहिचानसहितको सात प्रदेश एमालेको एजेन्डा भएपनि त्यसमा पुनःविचार गर्न सकिने बताउनुभएको छ । उनले भने, ‘निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउँछ हेर्नुछ । त्यसपछि सङ्घीयताको बहस नयाँ रुपले गर्न तयार छु ।’ सिरहा–५ का एमाले उम्मेदवार लीलानाथ...
काठमाण्डु, २९ कात्तिक– सरकारले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा ‘बुथ क्याप्चर’ को सपना नदेख्न चेतावनी दिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विगतमा जस्तो धाँधली गर्ने सपना नदेख्न चेतावनी दिएको हो । मतदान केन्द्रको सुरक्षा व्यवस्था बलियो बनाइएकाले कसैले बुथक्याप्चर गर्न नसक्ने...
काठमाण्डु, २९ कात्तिक– प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् । रानासहित ७ अतिरिक्त महानिरीक्षकले पनि एकैसाथ प्रहरी संगठनबाट अवकाश पाएका छन् । अवकाश पाउने अतिरिक्त महानिरीक्षकहरुमा नवराज ढकाल, भीष्म प्रसाई, दीनकरशम्शेर जवरा, गंगा पाण्डे, रमेशविक्रम शाह र पुष्कलनाथ...
काठमाण्डु, २९ कात्तिक– निर्वाचन आयोगले निर्वाचन तयारीका क्रममा हालसम्म देशका विभिन्न स्थानमा साना ठूला गरी ४ सय २५ वटा घटना घटेको बताएको छ । कान्तिपथस्थिगत आयोग कार्यालयमा शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा आयुक्त दोलखबहादुर गुरुङले देशभर ७४ वटा बन्द, २४ स्थानमा अवरोध, २९ वटा...
हेटौँडा, २९ कात्तिक– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले आसन्न संविधानसभाको चुनावमा अन्तर्राष्ट्रिय जगतले सोचेभन्दा बढी मत खस्ने दाबी गरेका छन् । संविधान निर्माणको लागि मत हाल्न जनता उत्साहित भएको पाइएकाले बढी मत खस्ने उनको भनाइ थियो । क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरले शुक्रबार आयोजना गरेको...
चितवन, २९ कात्तिक– चुनाव विरोधी गतिविधि सञ्चालन गर्दै आएको नेकपा–माओवादीसहित साना ३३ दलले आह्वान गरेको बन्दका समयमा चितवनका २६ स्थानमा शंकास्पद वस्तुहरु भेटिएका छन् । जसमध्ये पाँचवटा बम रहेको र अन्य जनतालाई त्रसित बनाउनका लागि शंकास्पद वस्तु राखिएको नेपाली सेनाले जनाएको छ । बिहानको...
काठमाण्डु, २९ कात्तिक– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन वर्तमान सरकारको एक मात्र लक्ष्य भएको बताएका छन् । उनले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुनेमा सरकार ढुक्क रहेको पनि बताए । आगामी मङ्गलबार हुने संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न आएको एसियन नेटवर्क फर इलेक्सन्स...
म्याग्दी, २९ कात्तिक– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचनबाट एक वर्षभित्रमा समावेशी संविधान जारी हुने बताएका छन् । समावेशी संविधान निर्माणका लागि अन्य दलहरु सक्रिय नभएको भन्दै उनले नेपाली काँग्रेसको नेतृत्वमा एक वर्षभित्रमा मुलुकमा समावेशी संविधान जारी हुने दाबी गरे । नेपाली काँग्रेस...
काठमाण्डु, २९ कात्तिक– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको अभिमतलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको भावनाविपरीतको मताधिकारलाई निर्वाचनमा प्रयोग गर्न खोज्ने दलहरुसँग सतर्क हुन आमजनतालाई आग्रह गरेका छन् । काठमाण्डु– २ अन्तर्गत गोठाटारमा आयोजित कार्यक्रममा सोही क्षेत्रका उम्मेदवार समेत रहेका नेता नेपालले निर्वाचन बहिष्कार गर्नु...
चितवन, २९ कात्तिक– निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध राष्ट्रिय युवा जनस्वयम् सेवक ब्युरोका केन्द्रीय सचिव प्रकाश खनाल एकीकृत माओवादीमा फर्किएका छन् । चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरी खनालले आफू एकीकृत माओवादीमै फर्किएको घोषणा गरेका हुन् । उनले वैद्य...
काठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष प्रचण्ड संविधानसभा निर्वाचनपछि महिनामा एकपटक आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० को कीर्तिपुर पुग्ने प्रतिबद्धता जनाएका छन् । नागरिक अगुवाहरुले कीर्तिपुरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । कार्यक्रमका सहभागीले यसअघि निर्वाचन जितेर गएपछि फर्किएर नआएको गुनासो...
वीरगन्ज, २९ कात्तिक– नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले सङ्घीय संविधान बनेपछि मधेसको आर्थिक विकासको आधार सिर्जना हुने बताएका छन् । सङ्घीय संविधान र विकासको नारा सँगसँगै लिएर नेपाल सद्भावना पार्टी चुनावी मैदानमा होमिएको बताउँदै उनले भने, ‘सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सद्भावना पार्टीलाई...