रसुवा, ३ पुस- मोहन वैद्य नेतृत्वको नेकपा माओवादी रसुवा जिल्ला कमिटी खाली भएको छ ।
सिंगो जिल्ला कमिटी नवगठित नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा लागेपछि वैद्यको जिल्ला कमिटी खाली भएको हो ।
केन्द्रीय सदस्य बाबुराम गजमेरको उपस्थितिमा धारपानीमा बसेको जिल्ला कमिटी बैठकबाट जिल्ला सचिव भीमबहादुर खड्कासहित १० जनाले वैद्य छाडेर चन्दको समर्थन गरेका हुन् ।
१५ सदस्यीय जिल्ला कमिटीका ३ जना यसअघि नै एमाओवादीमा फर्केका थिए भने दुईजना निस्क्रिय छन् ।
सबैले छाडेपछि रसुवा वैद्य माओवादीविहीन भएको छ ।
बैठकपछि सचिव खड्काद्वारा जारी विज्ञप्तिमा वैद्य समूहले क्रान्ति गर्न नसक्ने भएको विप्लवको पक्षमा लागेको उल्लेख छ ।