सिरहा, २ पुस- एक महिनाअघि अपहरणमा परेका लहान नगरपालिकाका यातायात व्यवसायी गुरुदयाल महतोलाई सकुशल मुक्त गर्न नेपाल प्रहरी सफल भएको छ । गत कात्तिक २९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पन्सेरास्थित अमहाबाट अपहरणमा परेका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय महतोलाई ३१ दिनको प्रयासपछि गएराति अपहरणकारीको...
काठमाण्डु, २ पुस- एकीकृत माओवादी नेता बाबुराम भट्टराई कठोर भावनाका छन् । बाबुराम हत्पत रुँदैनन् र हम्मेसी हाँस्दैनन् पनि । अध्यक्ष प्रचण्डको हामी हाँस्दाहाँस्दै रोकएका छौं र रुँदारुँदै हाँसेका छौं भन्ने युद्धकालिन अभिव्यक्तिलाई धेरैजसो माओवादी नेता कार्यकर्ताले उद्धरणका रुपमा प्रयोगमा ल्याए । बाबुराममाथि भारत...
कैलाली, २ पुस- कैलाली सदरमुकाम धनगढीका व्यापारी एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालको घरबाट तन्त्रमन्त्र गरेर एक समूहले ठूलो परिमाणमा सुन लुटेको छ । तन्त्रमन्त्र गर्नेले उनको धनगढी ४ स्थित घरबाट ५१ तोला सुन लुटेका हुन् तान्त्रिकले पोको पारेर राखेको गहना...
पोखरा, २ पुस- कास्की जिल्ला अदालतले दृष्टिविहीन युवती बलात्कारमा संलग्नलाई १० वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद वलीको एकल इजलासले गोरखा आरुपोखरी घर भई कास्की लेखनाथ बस्दै आएका दण्डपाणि ढकाललाई बुधबार उक्त सयाज सुनाएको हो । पोखरास्थित जनप्रकाश उच्च माविका शिक्षक...
काठमाण्डु, २ पुस– गोंगबुको गोरखाली फेन्सी कलेक्सनको स्टोरमा बुधबार तार सर्ट भई भएको आगलागीमा करीब छ लाख बराबरको सामान जलेर नष्ट भएको छ । यसैगरी धर्मस्थली–८ मा प्रकाश महर्जनको खाद्य स्टोरमा करेन्ट सर्ट भएर आगलागी हुँदा करीव एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्य...
काठमाण्डु, २ पुस–देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०५०–०५१ देखि २०७०–०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ...
काठमाण्डु, २ पुस–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव हाओलिङ झुले संविधानसभा भवनमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच संविधान लेखन प्रक्रिया, प्रगति र कार्ययोजनाका साथै योजनाबद्ध आर्थिक विकासलगायत संयुक्त राष्ट्रसङ्घ र नेपालबीचका सहकार्यका विविध पक्षबारे विचारविमर्श भएको व्यवस्थापिका संसद्का सहायक...
नुवाकोट, २ पुस- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीचको सहमतिमा केन्द्रको विवाद मिले पनि नुवाकोटमा भने कार्यकर्ताबीच बोलचालै बन्द भएको छ । दुई पक्षबीच केन्द्रमा कुरा मिल्दासमेत जिल्लास्तरीय नेताहरु आपसमा बोलचालसमेत नगर्दा पार्टी गतिविधि ठप्पजस्तै भएको छ । समानान्तर कमिटी...
सोलुखुम्बु, २ पुस–सोलुखुम्बुको बाकु र देउसा गाविसका हरेक घरधुरीले प्रतिदिन १० मिनेट श्रमदान गर्न थालेपछि त्यसको सकरात्मक प्रभाव देखिएको छ । त्यहाँ दैनिक १० मिनेटका दरले मासिक एक घरबाट एक जनाले एक दिन समाजको काममा खर्च गर्नुपर्छ । अहिलेसम्म त्यस्तो श्रमदान धेरैजसो सरसफाइका लागि...
काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ बहुमतको बलमा संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् । एमालेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई तिहाइ बहुमतले माघ ८ गते नै संविधान घोषणा...
खोटाङ, २ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्रको विषयमा छानबिन सुरु गरेपछि जिल्लाका २४ शिक्षकले राजीनामा दिएका छन् । आयोगले अध्यापन अनुमतिपत्रका विषयमा छानबिन थालेको महिना दिनमै प्रावि तहका १८, निमाविका पाँच र एकजना प्राविधिक प्रशिक्षकले राजीनामा दिएका हुन् । मङ्सिर एक देखि २९...
मुस्ताङ, २ पुस–जलविद्युत्को नहरमा हिउँ जमेपछि तीन दिनदेखि मुस्ताङ अन्धकार बनेको छ । विद्युत् आपूर्ति ठप्प भएपछि टेलिफोन, मोबाइल, इन्टरनेट र स–साना उद्योग सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको एक मात्र सञ्चारमाध्यम रेडियो मुस्ताङको प्रसारण सेवासमेत अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको भारी...