काठमाण्डु, २९ कात्तिक– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको अभिमतलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको भावनाविपरीतको मताधिकारलाई निर्वाचनमा प्रयोग गर्न खोज्ने दलहरुसँग सतर्क हुन आमजनतालाई आग्रह गरेका छन् । काठमाण्डु– २ अन्तर्गत गोठाटारमा आयोजित कार्यक्रममा सोही क्षेत्रका उम्मेदवार समेत रहेका नेता नेपालले निर्वाचन बहिष्कार गर्नु...
चितवन, २९ कात्तिक– निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध राष्ट्रिय युवा जनस्वयम् सेवक ब्युरोका केन्द्रीय सचिव प्रकाश खनाल एकीकृत माओवादीमा फर्किएका छन् । चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरी खनालले आफू एकीकृत माओवादीमै फर्किएको घोषणा गरेका हुन् । उनले वैद्य...
काठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष प्रचण्ड संविधानसभा निर्वाचनपछि महिनामा एकपटक आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० को कीर्तिपुर पुग्ने प्रतिबद्धता जनाएका छन् । नागरिक अगुवाहरुले कीर्तिपुरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । कार्यक्रमका सहभागीले यसअघि निर्वाचन जितेर गएपछि फर्किएर नआएको गुनासो...
वीरगन्ज, २९ कात्तिक– नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले सङ्घीय संविधान बनेपछि मधेसको आर्थिक विकासको आधार सिर्जना हुने बताएका छन् । सङ्घीय संविधान र विकासको नारा सँगसँगै लिएर नेपाल सद्भावना पार्टी चुनावी मैदानमा होमिएको बताउँदै उनले भने, ‘सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सद्भावना पार्टीलाई...
सोलुखुम्बु, २९ कात्तिक– एकीकृत माओवादी सोलुखुम्बुले नेपाली काँग्रेसले आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ । एमाओवादी सोलुखुम्बुका इन्चार्ज पासाङ शेर्पाले विहिबार विज्ञप्ति जारी गर्दै काँग्रेसले आफ्नो कार्यकर्ता रश्मी राईको हत्या गरेको आरोप लगाएको हो । बिहीबार बिहान जिल्लाको देउसा–७ स्थित बर्खुखोलाको तिरमा टाउको...
सर्लाही, २९ कात्तिक–नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मधेसवादी दल सामन्त र जमिन्दारको पार्टी भएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा शुक्रबारको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दल सामन्ती र जमिन्दारको कब्जामा रहेकोले मधेसी जनताको हित नभएको आरोप लगाए । साँचो अर्थमा...
कञ्चनपुर, २९ कात्तिक–पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी क्षेत्रमा भएको मोटरसाइल दुर्घटनामा शुक्रबार त्रिभुवनवस्तीका बुद्धिप्रसाद आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलका अनुसार विपरीत दिशाबाट आउँदै गरेको से १ प ५३२२ र से २ प ३१६८ नम्बरको मोटरसाइकल आपसमा...
काठमाण्डु, २९ कात्तिक–चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले चाबहिलबाट नेकपा–माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार राती ११ बजे चाबहिलस्थित घरबाट विजयदेव भट्टराईलाई पक्राउ गरेको हो । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्वान्चल विश्वविद्यालयका संयोजक हुन् । भट्टराई हाल काठमाण्डु क्षेत्रनम्बर...
सिरहा, २९ कात्तिक–सिरहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच विहीबार राती झडप भएको छ । अध्यक्ष प्रचण्डबाट टीका लगाएर एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो । झडपमा दुवै...
काठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादी नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द काठमाण्डु उपत्यकामा विफल भएको छ । प्रमुख र सहायक राजमार्गहरुमा सार्बजनिक तथा निजी सवारीका साधनहरु निर्वाधरुपमा चलिरहेका छन् । बन्दलाई विफल र चुनावलाई सफल पार्ने निर्णय गर्दै यातायात व्यवसायीले लामो र छोटो दुरीका सवारी...
सिन्धुली, २९ कात्तिक–सिन्धुलीमा चुनाव प्रचार प्रसारको क्रममा ब्यापक आचार संहिता उल्लंघन भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत सबैजसो दलका उम्मेदवारहरुले दैनिकरुपमा भोजभतेर गर्छन् । नेपाली काँग्रेस आचार संहिता उल्लंघनमा सबैभन्दा अगाडि देखिएको छ । काँग्रेस क्षेत्र नं. २ का...
संखुवासभा, २९ कात्तिक–पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रमुख तीन दलले संविधानसभा निर्वाचनमा आफ्नो पकड बलियो देखाउन केन्द्रीय तथा लोकप्रिय नेतालाई जिल्ला भित्र्याउने होड चलाएका छन् । कसलाई भोट दिएर जिताउने भन्नेमा जनताा अलमलमा परिरहेको बेला जिल्लामा रहेका प्रमुख तीन दलका उम्मेदवारले आफूतिर मत तान्नका लागि...