तन्त्रमन्त्र गरेर महिलाले लुटे ५१ तोला गहना

काठमाण्डु टुडे २०७१ पुष २ गते १४:४९ मा प्रकाशित

कैलाली, २ पुस- कैलाली सदरमुकाम धनगढीका व्यापारी एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालको घरबाट तन्त्रमन्त्र गरेर एक समूहले ठूलो परिमाणमा सुन लुटेको छ ।

तन्त्रमन्त्र गर्नेले उनको धनगढी ४ स्थित घरबाट ५१ तोला सुन लुटेका हुन् तान्त्रिकले पोको पारेर राखेको गहना लकर खोलेर हेर्दा ढुंगा भेटिएको हो ।

हमाल घरमा नभएका बेला गोरखा घर बताउने दुई तान्त्रिक महिलाले उनकी पत्नि शारदालाई घरमा मसान लागेको भन्दै तन्त्रमन्त्र गरेर रानीलहर सेट, सिक्री, हिराको सेट, चुरा, झुम्का, टप, औठी, लकेटसहित ५१ तोला सुन लुटेर लगेको प्रहरीले जनाएको छ ।

चोरी भएको गहनाको मूल्य २९ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ । प्रहरीले लुटेरा महिला छिट्टै पक्राउ पर्ने दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us