
काठमाण्डु, २ पुस- एकीकृत माओवादी नेता बाबुराम भट्टराई कठोर भावनाका छन् । बाबुराम हत्पत रुँदैनन् र हम्मेसी हाँस्दैनन् पनि ।
अध्यक्ष प्रचण्डको हामी हाँस्दाहाँस्दै रोकएका छौं र रुँदारुँदै हाँसेका छौं भन्ने युद्धकालिन अभिव्यक्तिलाई धेरैजसो माओवादी नेता कार्यकर्ताले उद्धरणका रुपमा प्रयोगमा ल्याए ।
बाबुराममाथि भारत परस्ततको आरोप लगाएर माओवादीले ०६२ मा अनुशानको कारबाही गरेको थियो । त्यतिबेला पनि बाबुराम रोएका थिएनन् ।
कतिपय नेता राजनीतिक लेखनीको सुरुआत नै उक्त उद्धरणबाट गर्थे । तर बाबुरामले त्यो हरफको प्रयोग कहिल्यै गरेनन् । किनकी उनले रुने र हाँस्ने काम नै गरेनन् । जुन दुवै कुरा प्रचण्ड गर्थे ।
तर त्यस्ता कठोर बाबुराम अहिले एक किशोरीको बलात्कारको कथा पढेर आँशु नै खसालेर रोएका छन् ।
उनले बलात्कृत युवती पूजा बोहराले एक दैनिक पत्रिकामा कानुनमन्त्री नरहरि आचार्यलाई सम्बोधन गरेर लेखेको खुला चिठी पढेर रोकएका हुन् ।
उक्त कुरा उनी आफैंले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।
‘सामूहिक बलात्कार पीडित नेपाली छोरी पूजा बोहराको मार्मिक पत्र पढेर जिन्दगीमा सम्भवतः पहिलोपटक डाँको छोडेर रोएको थिएँ’ उनले फेसबुकमा लेखेका छन् ।
उनले आफूले पीडित युवती भेटेको र उनले बाबुको सम्बोधन गर्दा थप भावुक बनेको उल्लेख गरेका छन् ।
बाबुरामले पीडित युवतीलाई न्याय दिलाउन प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।