समाचार

उत्तरी गोरखामा हिमपात

२०७० कार्तिक २९ गते १:३६

गोरखा, २९  कात्तिक–जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको सामागाउँबाट शिक्षक वीरबहादुर लामाले जानकारी दिए । जिल्लाको उत्तरका उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने सामागाउँ, विही, ल्हो, प्रोक, छेकम्पार, सिर्दीवास लगायतका गाविसमा हिमपात भएको हो । यो वर्ष छिटो हिमपात...

भारतीय ट्रकमा आगजनी

२०७० कार्तिक २९ गते १:२९

बुटवल, २९ कात्तिक–रुपन्देहीको बुटवल नगरपालिका–७ स्थित थोक तरकारी तथा फलफूल बजार केन्द्र परिसरमा भारतबाट तरकारी बोकेर आएको एउटा ट्रकमा आगजनी भएको छ ।  भारतीय नम्बर प्लेटको एमएच १८ एए ७९४७ नं. को ट्रकमा विहीबार राती अज्ञात समूहले आगजनी गरेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले जानकारी...

हतियार व्यापारी पक्राउ

२०७० कार्तिक २९ गते १:२७

गौशाला, २९ कात्तिक–महोत्तरी प्रहरीले महोत्तरीको पश्चिमी सीमानाका सम्सीबाट एक भारतीय हतियार व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाअन्तर्गत कन्हमा बस्ने ३१ वर्षीय बिजय साह रहेको जल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले हतियार व्यापारी साहलाई सम्सीको एक घरमा लुकीछिपी बसिरहेको...

सामाखुशी विष्फोटका घाइतेहरुको उपचार सरकारले गर्ने

२०७० कार्तिक २८ गते १४:५७

काठमाण्डु, २८ कात्तिक– बुधबार सामाखुशीमा एक माइक्रो बसमा पेट्रोल बम प्रहार हुँदा घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घटनामा ९ जना घाइते भएका थिए, जसमा चार वर्षीय एक बालिका पनि परेकी थिइन् । टोखाको ग्रान्डी असपतालमा उपचार भइरहेका घाइतेहरुको उपचार खर्च सरकारले...

सार्वजनिक साधनमा आगजनी गर्नु आतंककारी कामः गृह

२०७० कार्तिक २८ गते १४:२०

काठमाण्डु, २८ कात्तिक– सरकारले संविधानसभा निर्वाचन बिथोल्नका लागि बम विष्फोट तथा आगजनीका घटनाहरु आतंककारी शैलीमा भइरहेको भन्दै सुरक्षा अवस्थालाई संवेदनशील रुपमा हेरिएको बताएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन बिथोल्ने नाममा आतंक फैलाउनेहरुलाई कडा कानुनी कारबाही गर्ने पनि बताएको छ ।...

वैद्य मोर्चा सडकमा आउने

२०७० कार्तिक २८ गते १३:५९

काठमाण्डु, २८ कात्तिक– संविधानसभा निर्वाचन बहिस्कारका लागि चक्काजाम घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाका कार्यकर्ता सडकमा आउने भएका छन् । ३३ दलीय मोर्चाको बिहीबार बसेको कार्यदल बैठकले निर्वाचन बहिस्कार आन्दोलन थप शसक्त बनाउने निर्णय गरेको हो ।  कात्तिक २५ गतदेखि...

पत्रकार रावल रिहा

२०७० कार्तिक २८ गते १३:४१

काठमाण्डु, २८ कात्तिक– क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश रावल रिहा भएका छन् । रावललाई प्रहरीले बिहीबार काठमाण्डुको अनामनगरबाट पक्रेको थियो । उनी काठमाण्डुबाट प्रकाशित जनस्वयम् सेवक मासिकका कार्यकारी सम्पादक हुन् । रावलले आफूलाई फोनबाट धम्की दिएर चन्दा माग गरेको आरोपमा पक्राउ गरिएको जानकारी...

काँग्रेसका पक्षमा १५ सालमा जस्तै लहर: कोइराला

२०७० कार्तिक २८ गते १२:३०

काठमाण्डु, २८ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीका पक्षमा ०१५ सालको पहिलो संसदीय निर्वाचनमा जस्तै जनलहर देखिएकाले यसपटकको निर्वाचनमा दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । रिपोर्टर्स क्लबले उनकै निवास महाराजगञ्जमा बिहीबार गरेको साक्षात्कारमा उनले ०१५ सालमा जस्तै शान्तिपूर्ण निर्वाचन भए काँग्रेसका...

प्रचण्डले भने: ‘नक्कली बम पड्काउँदैमा निर्वाचन भाँडिन्न’

२०७० कार्तिक २८ गते ११:५५

पर्वत, २८ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर चुनाव भाँड्ने सपना नदेख्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई आग्रह गरेका छन् । पर्वतको हुवास हातेमालोचोकमा बिहीबार भएको चुनावीसभामा उनले बन्द र बमले निर्वाचन नरोकिने बताए । उनले बम राख्ने र जिम्मेवारी नलिने...

वैद्य मोर्चालाई चक्काजाम फिर्ता लिन सर्वोच्चको आदेश

२०७० कार्तिक २८ गते ११:३५

काठमाण्डु,  २८ कात्तिक–सर्वोच्च अदालतले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचन बिथोल्ने उद्देश्यले आह्वान गरिएको चक्काजाम तत्काल फिर्ता लिन निर्देशन दिएको छ । चक्काजाम फिर्ताको माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्ष यदुनाथ खनालले दायर गरेको रिटउपर न्यायाधीश रामकुमार प्रसाद साहको...

विपक्षीहरु अत्तालिएकोमा एमालेको आपत्ति

२०७० कार्तिक २८ गते १०:४८

काठमाण्डु, २८ कात्तिक– नेकपा एमालेले ‘संविधासभा निर्वाचनमा आफ्नो पार्टीविरुद्ध सुनियोजित र हिंसात्मक आक्रमणका घटना हुन थालेकोले विपक्षीहरु अत्तालिएको मानसिकतामा पुगेको बताएको छ । विपक्षीहरुले आचारसंहिताको उल्लङ्घन गरेर मतदातालाई खरिदबिक्रीको विषय बनाउने तथा हेलिकप्टर सयर गरेर भड्किलो प्रचारशैली अपनाएका आरोप लगाउँदै एमालेले आपत्ति समेत जनाएको...

काँग्रेस कार्यकर्ताको समूहद्वारा एमाओवादी कार्यकर्ताको हत्या

२०७० कार्तिक २८ गते १०:११

सल्लेरी, २८ कात्तिक : सोलुखुम्बुको देउसामा काँग्रेस कार्यकर्ताले एकीकृत माओवादीका कार्यकर्ता रोइस राईको हत्या गरेको खुलासा भएको छ । गएराती देउसास्थित एमाओवादी कार्यकर्ता डिल्ली शेर राईको घर तोडफोड गरी सोही घरमा रहेका रोइस राईको हत्या गरेको खुलासा भएको हो । एकीकृत माओवादीका केन्द्रीय सदस्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us