
जुम्ला, २ पुस–नेपाल सरकारका स्थानीय निकायमा काम गर्ने सचिवहरुले सरकारले १२ वर्षसम्म अध्यक्षको पगरी भिराएर सचिवलाई सुविधाभन्दा भार थपिरहेको दुखेसो गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्रको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सचिवहरुले सो दुखेसो व्यक्त गरेका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै निमित्त स्थानीय विकास अधिकारी क्षेत्रबहादुर बुढ्थापाले गाविस सफल नहुँदा जिविस नै असफल हुने भएकाले ऐन, कानुन, नियम, निर्देशिका र मार्गदर्शनमा रही काम गर्न सुझाव दिए ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिले जनताको प्रत्यक्ष सरकार स्थानीय निकाय नै भएकाले यसमा सचिवले पारदर्शी, जवाफदेही, उत्तरदायी, कर्मठ, कर्तव्यनिष्ठ भएर काम गरेमा जिल्लाको विकास हुनसक्ने को कल्पना गर्न सकिने राय व्यक्त गर्दै त्यसका लागि, सबल, सक्षम, राष्ट्र र जनता समर्पित नेतृत्व चयन गर्न आग्रह गरेका थिए । रासस