भोटेकोसीमा ट्रक डुब्यो

काठमाण्डु टुडे २०७१ पुष २ गते ७:५० मा प्रकाशित

सिन्धुपाल्चोक, २ पुस– आज बिहान बाहृबिसेबाट काठमाडौं तर्फ जाँदै गरेको एक मालवाहक ट्रक अरनिको राजमार्गबाट भोटेकोसी नदीमा खसेर डुबेको छ ।

स्थानीयले खोलँबाट २ जनाको उद्धार गरी अस्पताल पठायएको छ । सुनकोसी भन्ने स्थानमा दुर्घट्ना भएको हो । ट्रकमा अन्य कतिजना सवार थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । ट्रकले हाइड्रो पावरको सामान बोकेको ब्त्ँइएको छ ।
ट्रक पानीमा डुबेकाले नम्बर खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us