समाचार

काँग्रेसद्वारा एमाओवादी कार्यकर्ताको हत्या

२०७० कार्तिक २९ गते ८:०२

सोलुखुम्बु, २९ कात्तिक– एकीकृत माओवादी सोलुखुम्बुले नेपाली काँग्रेसले आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ । एमाओवादी सोलुखुम्बुका इन्चार्ज पासाङ शेर्पाले विहिबार विज्ञप्ति जारी गर्दै काँग्रेसले आफ्नो कार्यकर्ता रश्मी राईको हत्या गरेको आरोप लगाएको हो । बिहीबार बिहान जिल्लाको देउसा–७ स्थित बर्खुखोलाको तिरमा टाउको...

मधेसी दल सामन्तको कब्जामा : खनाल

२०७० कार्तिक २९ गते ५:०९

सर्लाही, २९ कात्तिक–नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मधेसवादी दल सामन्त र जमिन्दारको पार्टी भएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा शुक्रबारको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दल सामन्ती र जमिन्दारको कब्जामा रहेकोले मधेसी जनताको हित नभएको आरोप लगाए । साँचो अर्थमा...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

२०७० कार्तिक २९ गते ४:३७

कञ्चनपुर, २९ कात्तिक–पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी क्षेत्रमा भएको मोटरसाइल दुर्घटनामा शुक्रबार त्रिभुवनवस्तीका बुद्धिप्रसाद आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलका अनुसार विपरीत दिशाबाट आउँदै गरेको से १ प ५३२२ र से २ प ३१६८ नम्बरको मोटरसाइकल आपसमा...

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पक्राउ

२०७० कार्तिक २९ गते ४:१०

काठमाण्डु, २९ कात्तिक–चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले चाबहिलबाट नेकपा–माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार राती ११ बजे चाबहिलस्थित घरबाट विजयदेव भट्टराईलाई पक्राउ गरेको हो । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्वान्चल विश्वविद्यालयका संयोजक हुन् । भट्टराई हाल काठमाण्डु क्षेत्रनम्बर...

एमाओवादीका दुई समूहबीच झडप

२०७० कार्तिक २९ गते २:५४

सिरहा, २९ कात्तिक–सिरहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच विहीबार राती झडप भएको छ । अध्यक्ष प्रचण्डबाट टीका लगाएर एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो । झडपमा दुवै...

बसमा पेट्रोल बम प्रहार

२०७० कार्तिक २९ गते २:३३

काठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादी नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द काठमाण्डु उपत्यकामा विफल भएको छ । प्रमुख र सहायक राजमार्गहरुमा सार्बजनिक तथा निजी सवारीका साधनहरु निर्वाधरुपमा चलिरहेका छन् । बन्दलाई विफल र चुनावलाई सफल पार्ने निर्णय गर्दै यातायात व्यवसायीले लामो र छोटो दुरीका सवारी...

मतदातालाई दैनिक भोज भतेर

२०७० कार्तिक २९ गते २:०५

सिन्धुली, २९ कात्तिक–सिन्धुलीमा चुनाव प्रचार प्रसारको क्रममा ब्यापक आचार संहिता उल्लंघन भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत सबैजसो दलका उम्मेदवारहरुले दैनिकरुपमा भोजभतेर गर्छन् । नेपाली काँग्रेस आचार संहिता उल्लंघनमा सबैभन्दा अगाडि देखिएको छ । काँग्रेस क्षेत्र नं. २ का...

पकड देखाउन ठूला नेता भित्र्याउने होड

२०७० कार्तिक २९ गते १:४३

संखुवासभा, २९ कात्तिक–पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रमुख तीन दलले संविधानसभा निर्वाचनमा आफ्नो पकड बलियो देखाउन केन्द्रीय तथा लोकप्रिय नेतालाई जिल्ला भित्र्याउने होड चलाएका छन् । कसलाई भोट दिएर जिताउने भन्नेमा जनताा अलमलमा परिरहेको बेला जिल्लामा रहेका प्रमुख तीन दलका उम्मेदवारले आफूतिर मत तान्नका लागि...

उत्तरी गोरखामा हिमपात

२०७० कार्तिक २९ गते १:३६

गोरखा, २९  कात्तिक–जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको सामागाउँबाट शिक्षक वीरबहादुर लामाले जानकारी दिए । जिल्लाको उत्तरका उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने सामागाउँ, विही, ल्हो, प्रोक, छेकम्पार, सिर्दीवास लगायतका गाविसमा हिमपात भएको हो । यो वर्ष छिटो हिमपात...

भारतीय ट्रकमा आगजनी

२०७० कार्तिक २९ गते १:२९

बुटवल, २९ कात्तिक–रुपन्देहीको बुटवल नगरपालिका–७ स्थित थोक तरकारी तथा फलफूल बजार केन्द्र परिसरमा भारतबाट तरकारी बोकेर आएको एउटा ट्रकमा आगजनी भएको छ ।  भारतीय नम्बर प्लेटको एमएच १८ एए ७९४७ नं. को ट्रकमा विहीबार राती अज्ञात समूहले आगजनी गरेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले जानकारी...

हतियार व्यापारी पक्राउ

२०७० कार्तिक २९ गते १:२७

गौशाला, २९ कात्तिक–महोत्तरी प्रहरीले महोत्तरीको पश्चिमी सीमानाका सम्सीबाट एक भारतीय हतियार व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाअन्तर्गत कन्हमा बस्ने ३१ वर्षीय बिजय साह रहेको जल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले हतियार व्यापारी साहलाई सम्सीको एक घरमा लुकीछिपी बसिरहेको...

सामाखुशी विष्फोटका घाइतेहरुको उपचार सरकारले गर्ने

२०७० कार्तिक २८ गते १४:५७

काठमाण्डु, २८ कात्तिक– बुधबार सामाखुशीमा एक माइक्रो बसमा पेट्रोल बम प्रहार हुँदा घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घटनामा ९ जना घाइते भएका थिए, जसमा चार वर्षीय एक बालिका पनि परेकी थिइन् । टोखाको ग्रान्डी असपतालमा उपचार भइरहेका घाइतेहरुको उपचार खर्च सरकारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us