धौलागिरी आइसफल ट्रेकिङ रुटमा पदमार्ग निर्माण

काठमाण्डु टुडे २०७१ पुष ३ गते ३:२४ मा प्रकाशित

म्याग्दी, ३ पुस– म्याग्दीका विभिन्न गाविसलाई समेटेर मुस्ताङ जोड्ने धौलागिरि आइसफल ट्ेरकिङ रुटमा पदमार्ग निर्माण गरिएको छ । नयाा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पहिचान भएको धौलागिरि आइसफल रुटमा पदमार्ग निर्माण गरिएको हो ।

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र जिल्ला विकास समितिको सात लाख रुपैयाा लगानीमा बेगको धुरीदेखि पछेत्राडिल, पानी डाक्ने डााडा, दोबाको खोलाखर्क, सोबाङधुरी हुादै ल्होसो धुरीसम्म पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष धुव्रकुमार पाइजाले बताए ।

‘अहिलेसम्म करिब १२ किलोमिटर पदमार्ग निर्माण भएको छ, यो वर्ष धौलागिरी आइसफल नजिकैसम्म पदमार्ग पुर्‍याउने लक्ष्य लिएका छौं’, उनले भने ।

पदमार्गले म्याग्दीको पिप्ले, भगवती हुादै दग्नाम, चिमखोला, बेगखोला, दोवा, भुरुङ तातोपानी र दानालगायतका गाविसको उच्च पहाडी क्षेत्रलाई समेटिएको छ । पदमार्ग सञ्चालनमा आएमा म्याग्दीको बेनीदेखि मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग हुनेछ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us