बिहिबार पनि यातायात बन्द

काठमाण्डु टुडे २०७१ पुष ३ गते ५:०६ मा प्रकाशित

जनकपुर, ३ पुस–सरकारले यातायात मजदुरसम्बन्धी ल्याएको नियमावली खारेजको माग गर्दै  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन जनकपुरले बुधबारदेखि सुरु गरेको चक्काजाम बिहिबार पनि जारी छ ।

DE19-CWG_BUS_PARKI_1724956f

चक्काजामका कारण जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।

नेपाल यातायात मजदुर सङ्गठन जनकपुर अञ्चल इन्चार्ज पशुपति रेग्मीका अनुसार केन्द्रीय समितिबाट कुनै आधिकारिक जानकारी प्राप्त नहुञ्जेलसम्म चक्काजाम यथावत् रहने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us