समाचार

बर्दियाका बाढीपीडित काट्दैछन् शीत चुहिने त्रिपालमुनिको रात

२०७१ पुष २ गते ५:०३

बर्दिया, २ पुस–गुलरिया नगरपालिकास्थित बबई नदी र भगरतालको बीचमा पर्ने रामपुर टप्परका बाढीपीडितको घरखेतै बाढीले बगाएपछि ४४ घर परिवार सुकुम्बासी बनेका बाढीपीडितको रात कष्टकर बन्दै गइरहेको छ । जिल्लामा अधिकांश क्षेत्रका बाढीपीडितको जनजीवन सामान्य भइसक्दा पनि उनीहरू तुल्सीपुरस्थित फुटबल खेल मैदानको शिविरमा बस्न बाध्य...

आधा जलेको शव प्रहरी नियन्त्रणमा !

२०७१ पुष २ गते ४:०९

पर्सा, २ पुस– भौराटार गाविसबाट गएराति जलाइँदै गरेको एक युवकको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भौराटार– ५ फुलकौल निवासी जयलाल चमारको १८ वर्षीय छोरा धर्मेन्द्र चमारको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । धर्मेन्द्रको मृत्यु कालगतिले नभई अस्वभाविक ढंगले भएको आशंकामा...

घलेम्दीखोला जलविद्युत्लाई जुट्यो लगानी 

२०७१ पुष २ गते ३:५९

म्याग्दी, २ पुस– जिल्लाको उत्तरी नारच्याङ गाविसमा निर्माण हुन् लागेको चार मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई एनएमबी बैंक, प्रभु बैंक र कैलाश विकास बैंकले संयुक्त रुपमा ४६ करोड ४० लाख रुपैयाँ ऋण लगानी...

डोटेली भाषा संरक्षणका लागि विकास केन्द्र गठन

२०७१ पुष २ गते ३:४९

कञ्चनपुर, २ पुस – सुदूरपश्चिममा बोलिने डोटेली भाषाको संरक्षण र सम्बद्र्धन गर्नका लागि डोटेली भाषा विकास केन्द्र गठन भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कार्यालय रहेको महाकाली साहित्य संगमले भाषा विकास केन्द्र गठन गरेको हो । सुदूरपश्चिम क्षेत्रको भाषा, साहित्य, संस्कृति संरक्षण र सिर्जनालाई...

‘म पपुलिस्ट हुँला कि भन्ने डर छ’ : सरिता तिवारी

२०७१ पुष २ गते ३:३०

काठमाण्डु, २ पुस– युवा कवि सरिता तिवारीलाई एउटै डर छ– कतै पपुलिस्ट कवि भइने त होइन ? दुई महिनाको फरकमा काठमाण्डुमा दोस्रो पटक कविता वाचन गर्न चितवनबाट आएकी कवि तिवारीले भनिन्, ‘म पपुलर हुनलाई लेख्ने मान्छे चाहिँ होइन ।’ ‘कविता भनेको आफ्नो आग्रह लेख्नु...

पाँच करोडमा बन्यो नहर

२०७१ पुष २ गते ३:२४

मोरङ, २ पुस– बाढीजन्य क्षति पुनर्निमार्ण योजना विराटनगरले पाँच करोड रुपैयाँको लागतमा सात किमी नयाँ नहर निर्माण सम्पन्न गरेको छ । सरकारले सप्तकोसी नदीको बाढीले क्षतिग्रस्त जमिनमा सिँचाइ गर्न सुनसरीको श्रीपुर, हरिपुर गाविसमा नहर निर्माणको काम सम्पन्न गरेको कार्यालयले जनाएको छ । सरकारको ४०...

सौन्दर्य पेसाप्रति महिलाको आकर्षण

२०७१ पुष २ गते ३:१०

पर्सा, २ पुस– पर्साका महिला बिस्तारै सौन्दर्य पेसातर्फ आकर्षित हुन् थालेका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ शिवनगरमा सौन्दर्य अथवा ब्युटिपार्लरको पसल सञ्चालन गरेर बसेकी साकिरा खातुनलाई अहिले भ्याइनभ्याइ छ । त्यसैगरी वीरगन्जको माइस्थानमा ब्युटिपार्लर खोलेर बसेकी सकुन्तला थापालाई पनि फुर्सदै छैन । उनको...

के एमाओवादी माघ ८ भित्रै सरकारमा जान चाहन्छ ?

२०७१ पुष १ गते १७:३१

काठमाण्डु, १ पुस– एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु हुनासाथ स्थगित भइसकेको छ । तर, बैठकमा छलफलका लागि प्रस्तुत गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले प्रमुख प्रतिपक्षी दलले समेत सत्ता समीकरणमा रुचि राखेको बताउँछ । काठमाण्डु टुडेलाई प्राप्त अध्यक्ष प्रचण्डको प्रस्ताव मूलतः पार्टीको...

प्रचण्ड राष्ट्रपति बन्न खोजेका छन्ः मन्त्री बस्नेत

२०७१ पुष १ गते १५:५५

विराटनगर, १ पुस- उद्योगमन्त्री महेश बस्नेतले एमाओवादी अध्यक्ष प्रचण्ड माघ ८ पछि राष्ट्रपति हुन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा मन्त्री बस्नेतले आफ्नो राष्ट्रपति बन्ने आकांक्षा पूरा गर्न मुलुकलाई बन्दी बनाएको बताए । कसैको व्यक्तिगत आकांक्षा पूरा...

शिक्षकले आफ्नै छात्रालाई प्रेम प्रस्ताव राखेपछि…

२०७१ पुष १ गते १५:४३

धरान, १ पुस- सुनसरीको एक विद्यालयका शिक्षकले आफ्नै छात्रालाई प्रेम प्रस्ताव राखेपछि हंगामा भएको छ । धरानस्थित नवोदय स्कुलका शिक्षक अमर तिम्सिनाले आफ्नै छात्राले  ‘आई लभ यू’ भनेका हुन् । तिम्सिनाले कक्षा नौमा पढ्ने एक छात्रालाई कोठामा बोलाएर आफूलाई मन पर्ने भन्दै बिहेको प्रस्ताव...

काँग्रेस-एमालेलाई संविधानसभाभित्रै लठ्ठी हान्ने अशोक राईको चेतावनी

२०७१ पुष १ गते १५:१०

पोखरा, १ पुस- संघीय समाजादी पार्टीका अध्यक्ष अशोककुमार राईले काँग्रेस-एमाले पहिचानसहितको संघीयताको वरोधमा जान खोजेको भन्दै आवश्यक परे संविधानसभाभित्रै भौतिक आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । पार्टी सम्वद्ध अग्रगामी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उदघाटन गर्दै उनले काँग्रेस एमाले परिवर्तनविरुघ जान...

विश्वमा हरेक वर्ष आठ लाख मान्छेले आत्महत्या गर्छन्

२०७१ पुष १ गते १४:३२

ललितपुर, १ पुस– गत महिना विश्व स्वास्थ्य सङ्गठनले निकालेको प्रतिवेदनअनुसार ७५ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशमा हुने गरेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको बताइएको छ । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी १५ देखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us