समाचार

जोमसोममा तीन फिट हिउँ

२०७१ पुष १ गते ५:१०

मुस्ताङ, १ पुस –मुस्ताङमा सोमबार रातिदेखि फेरि हिमपात शुरु भएको छ । पानीसँगै भारी हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ । मंगलबार बिहानसम्म मुस्ताङ सदरमुकाम जोमसोममा तीन फिट हिउँ परिसकेको छ । हिउँ पर्ने क्रम अझै रोकिएको छैन । पानीसँगै हिउँ परेपछि सोमबार...

एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

२०७१ पुष १ गते ५:०६

काठमाण्डु, १ पुस– एमाओवादीको मंगलबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरु संविधानसभा बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेले काठमाण्डु टुडेलाई जानकारी दिए । संविधानसभामा सक्रिय र सशक्त उपस्थिति जनाउनुपर्ने भएका कारण बैठक स्थगित भएको...

चट्याङ लागेर दुई र भीरबाट लडेर एकको मृत्यु

२०७१ पुष १ गते ४:५०

सुर्खेत, १ पुस– सुर्खेतमा वर्षातसँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेरी जिल्लाको सहारेकी ५७ वर्षीया उमा घर्ती र घुमखहरेकी १० वर्षीया पवित्रा खड्काको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका दुवैको उपचारका लागि अस्पताल लाने क्रममा...

चरीको पैसाले बेलायतमा पिएचडी गर्ने तयारीमा छिन् खुश्बु ओली

२०७१ पुष १ गते ४:१४

काठमाण्डु, १ पुस– प्रेमी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउण्टरमा मारिएपछि प्रहरीले हत्या गरेको भन्दै मिडियामा अन्तर्वार्ता दिएर एकाएक चर्चामा आएकी पूर्वमोडल खुश्बु ओलीले आफू बेलायतमा पिएचडी गर्ने तयारीमा रहेको दाबी गरेकी छन् । चरीको मृत्युपछि उनको सम्पत्ति भोगचलन गरेको आशंकामा प्रहरीले अनुसन्धान...

विदेशबाट गाउँको विद्यालयलाई १८ थान ल्यापटप

२०७१ पुष १ गते ३:२९

म्याग्दी, १ पुस– म्याग्दीको हिस्तानमा रहेको घराम्दी निम्नमाध्यमिक विद्यालयलाई स्थानीय एक व्यक्तिले १८ थान ल्यापटप सहयोग गरेका छन् । घराम्दीका होम पुनले विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन् । वैदेशिक रोजगारीमा संलग्न पुनले विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि ल्यापटप उपलब्ध गराएको प्रधानाध्यापक तीर्थबहादुर पुनले...

सभासद्कै छोरी नक्कली परीक्षार्थी

२०७१ पुष १ गते १:२४

अछाम, १ पुस– बाजुराबाट समानुपातिक सभासद् वसुन्धरा रोकायाकी छोरी निशा रोकायाले अछाममा अर्काका नाममा परीक्षा दिएको खुलेको छ । अछामको बयलपाटा अस्पतालमा अनमी पदका लागि खुलेको विज्ञापनमा सभासद् रोकायाकी छोरी निशा रोकायाले बाजुराकै धनी थापाको परीक्षा दिएको खुलेको हो । स्टाप नर्स उत्तीर्ण निशा...

स्वास्थ्यमन्त्रीले भने, ‘बिरामीका नाममा व्यापार नगर’

२०७१ पुष १ गते १:१०

काठमाण्डु, १ पुस– ‘मैले भ्रष्टचार गरेको छैन, कतै पत्ता लाग्छ भने म आज मात्र होइन सात वर्षपछि पनि जेल जान तयार छु’, स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले राजधानीमा मुलुकभरबाट भेला भएका सरकारी चिकित्सकलाई भने, ‘तपाईंहरु पनि बिरामीलाई सेवा मात्र दिनुहोस्, उनीहरुका नाममा व्यापार नगर्नुहोस्...

बाबुराम भट्टराईका सल्लाहकार मलेसियामा ‘सेक्युरिटी’ गार्ड !

२०७१ मंसिर २९ गते १५:२५

नुवाकोट, २९ मंसिर– एकीकृत माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनका सल्लाहकार रहेका एक माओवादी नेता मजदुरीका लागि मलेसिया पुगेका छन् नुवाकोट फिकुरीका अर्जुनप्रसाद न्यौपाने विगत एक वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन् । उनले भट्टराई प्रधानमन्त्री भएका बेला करिब ९ महिना...

ज्ञानेन्द्र आउ, देश बचाउ भन्ने यी को हुन् ?

२०७१ मंसिर २९ गते १५:२२

काठमाण्डु, २९ मंसिर– राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजधानीमा कहिल्यै नाम नसुनिएको एक समूहले प्रदर्शन गरेको छ । ‘राजसंस्था पुनस्थापना संघर्ष समिति’ को नाममा केही व्यक्तिले सोमबार प्रदर्शन गरेका थिए । हातमा नेपालको राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले वसन्तपुरबाट...

बाबुरामलाई पार्टी नबुझाउन प्रकाश दाहालको प्रचण्डलाई सुझाव

२०७१ मंसिर २९ गते १५:२०

काठमाण्डु, २९ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशले बाबुलाई पार्टीको मुल नेतृत्व नछाड्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनको एउटा अध्याय पूरा नगरी पार्टी अध्यक्ष छाड्न नमिल्ने बताएका हुन् । ६ महिनापछि सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार प्रचण्डले...

मधेसको नेता गच्छदार होइन, म हुँ : उपेन्द्र

२०७१ मंसिर २९ गते १५:१९

काठमाण्डु, २९ मंसिर– मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको सच्चा नेता आफू भएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मधेसी जनताको नेता नभएको बताए । गच्छदारले तराईमा दुई प्रदेश हुन सक्छ भन्ने...

संविधानसभा विघटनका पक्षपाति वैद्यले प्रचण्डलाई भने, ‘संविधानसभा नछाड्नुस्, नत्र डुबिएला’

२०७१ मंसिर २९ गते १५:१८

काठमाण्डु, २९ मंसिर– संविधानसभाको दोश्रो नर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीलाई संविधानसभा नछाड्न आग्रह गरेका छन् । प्रगतिशील शक्तिको हातबाट ‘प्रतिगामी’ को कब्जामा पुगेको भन्दै नेकपा–माओवादीले संविधानसभा विघटन गरी राष्ट्रिय राजनीतिक सभाको माग गर्दै आएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us