समाचार

भारतमा मोदीभन्दा अमिताभ लोकप्रिय !

२०७१ मंसिर २९ गते १४:५७

काठमाण्डु,२९ मंसिर– भारतमा अत्यन्त चर्चित ठानिएका भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदी ट्वीटर फ्लोअरको आँकडामा पाँचौ नम्बरमा परेका छन् । बलिउड अभिनेता अमिताभ बच्चन चाहिँ पहिलो नम्बरमा छन् । अमिताभ बच्चनका एक करोड अठार लाख फ्लोवर रहेका छन् भने मोदीका ८५ लाख फ्लोअर छन् । अच्चम्म...

राजदूत स्पार्कलाई नेपालबाट फिर्ता बोलाउने बेलायतको तयारी

२०७१ मंसिर २९ गते १४:५५

काठमाण्डु, २९ मंसिर– संयुक्त राज्य बेलायतले नेपालका लागि आफ्ना राजदूत एण्डी स्पार्कलाई फिर्ता बोलाउने संकेत गरेको छ । काठमाण्डुस्थित बेलायती दूतावासले राजदूत स्पार्ककले धर्म परिवर्तनका पक्षमा वकालत गरेकामा खेद व्यक्त गरेपछि त्यस्तो संकेत मिलेको हो । दूतावासले सोमबार विज्ञप्ति निकालेर उनको अभिव्यक्ति दूतावासको नभई...

विवादास्पद अभिव्यक्ति फिर्ता लिन बेलायती राजदूतलाई सरकारको निर्देशन

२०७१ मंसिर २९ गते १४:३७

काठमाण्डु, २९ मंसिर– राजदूतले भावी संविधानमा धर्म परिवर्तनलाई कानुनी मान्यता प्रदान गर्न भन्दै सभासदलाई खुलापत्र खेलेको भन्दै सरकारले काठमाण्डुस्थित बेलायती दूतावासँग स्पष्टीकरण सोधेको छ । राजदूत एन्डी स्पाक्र्स दुई साता लामो बिदा लिएर बेलायत गएपछि परराष्ट्र मन्त्रालयले कार्यबाहक राजदूत गाइ हेरिसनसँग राजदूत स्पार्कको विवादास्पद...

तीस वर्षमा नभएको काम दश महिनामा भएको अर्थमन्त्रीको दाबी

२०७१ मंसिर २९ गते १३:३२

चितवन, २९ मंसिर– अर्थमन्त्री रामशरण महतले भारतीय प्रधानमन्त्री मोदी शैलीमा ३० बर्षसम्म हुन नसकेका कामहरु १० महिनामै भएको दाबी गरेका छन् । ‘नेपालमा ३० वर्षसम्म हुन नसकेको काम यो १० महिनामै भएको छ, अब नेपाल समृद्धितिर जाँदै छ’, महतले भने । उद्योग वाणिज्य संघ...

काठमाण्डुमा लागुऔषधको जालो खोज्दै प्रहरी

२०७१ मंसिर २९ गते १३:१५

काठमाण्डु, २८ मंसिर– काठमाण्डुमा बढदै गरेको लागुऔषध कारोबारलाई नियन्त्रण गर्ने क्रममा सोमबार प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उनीहरुसँग नाइट्रोभेट ट्याबलेट एक हजार दुई सय वटा र ३० ग्राम चरेश जस्तो देखिने लागुऔषध सहित उनीहरुलाइ पक्राउ गरेको छ । पक्राउ...

को हुन् यी ७५ बर्षीया वृद्धा बलात्कार गर्ने ?

२०७१ मंसिर २९ गते १२:५७

बनेपा, २९ मंसिर–जिल्ला अदालत काभ्रेले ७३ वर्षीया वृद्धालाई बलात्कार गर्ने एक जनालाई सोमबार पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले गोकुले गाविस–७ बस्ने ४५ वर्षीय उत्तरमान घलानलाई सो कैद र जरिवानाको फैसला गरेको अदालतका...

एमाओवादीले भन्यो, ‘प्रतिपक्षी भूमिका खेल्न सकिएन’

२०७१ मंसिर २९ गते १२:५३

काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीले संविधानसभा र संसदमा आफ्नो पार्टीले प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको बैठकमा सहभागी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । संविधानसभाको तेश्रो ठूलो...

काँग्रेस नेता गौचनको निधन

२०७१ मंसिर २९ गते १२:५०

काठमाण्डु, २९ मंसिर– नेपाली काँग्रेस मुस्ताङका नेता वसन्त गौचनको निधन भएको छ । पर्यटन व्यवसायीसमेत रहेका ६१ वर्षीय गौचनको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी सभासद् एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका सहोदर दाजु हुन् । उनी काँग्रेस मुस्ताङका वरिष्ठ जिल्ला...

कमल थापालाई अध्यक्षबाट पदमुक्त गरिएको घोषणा

२०७१ मंसिर २९ गते १२:२४

काठमाण्डु, २९ मंसिर–राप्रपा नेपालको असन्तुष्ट समूहले अध्यक्ष कमल थापालाई पार्टीबाट निष्काशन गरेको घोषणा गरेको छ । राप्रपा नेपाल सुदृढीकरण अभियानको मंसिर २७ र २८ गते ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । अभियानका संयोजक सगुन लावतीले सोमबार विज्ञप्ति जारी...

नक्कली प्रमाणपत्र पेश गर्ने अधिकारी अख्तियार फन्दामा

२०७१ मंसिर २९ गते १२:१४

काठमाण्डु, २९ मंसिर– जागिरका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने मध्यमाञ्चल ग्रामीण विकास बैंक जनकपुरका वरिष्ठ सहायक गणेशप्रसाद साहविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । अभियुक्त साहले सेवा प्रवेशका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाले निजमाथि हदैसम्मको दण्ड...

नेपाली सेनाद्वारा कपडा वितरण

२०७१ मंसिर २९ गते ११:४८

गौशाला, २९ मंसिर– शीतलहर र बढ्दो जाडोबाट प्रभावित महोत्तरीको धबौलीको दलित बस्तीमा नेपाली सेनाले कपडा बितरण गरेको छ । सेनाको प्रकौलीस्थित शेरगणले जलेश्वर नगरपालिकाको वडा नं १३ स्थित मुसहर र चमार बस्तीका ८५ घरपरिवारलाई आइतबार न्यानो कपडा वितरण गरेको गणका गणपति विष्णुबहादुर कार्कीले बताए...

बेलायती राजदूतलाई नेपाल छाड्न दबाब

२०७१ मंसिर २९ गते ११:२०

काठमाण्डु, २९ मंसिर– हिन्दू युवा संयोजन अभियान नामक संस्थाले धर्म परिवर्तनको पक्षमा वकालत गरेका बेलायती राजदूत एन्डी स्पाक्र्सले माफी माग्नुपर्ने माग गर्दै नेपालस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको छ । राजदूत स्पाक्र्स दुई साता लामो बिदा लिएर लण्डन गएकाले कार्यबहाक राजदूत गाइ हेरिसनलाई अभियानले ज्ञापनपत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us