
काठमाण्डु, २९ मंसिर– हिन्दू युवा संयोजन अभियान नामक संस्थाले धर्म परिवर्तनको पक्षमा वकालत गरेका बेलायती राजदूत एन्डी स्पाक्र्सले माफी माग्नुपर्ने माग गर्दै नेपालस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
राजदूत स्पाक्र्स दुई साता लामो बिदा लिएर लण्डन गएकाले कार्यबहाक राजदूत गाइ हेरिसनलाई अभियानले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा राजदूत स्पाक्र्सले आफ्नो विवादास्पद अभिव्यक्ति सम्बन्धमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरिएको छ । अन्यथा उनले नेपाल छाड्नुपर्ने अभियानको माग छ ।
राजदूत स्पाक्र्सले केही दिनअघि एउटा दैनिक पत्रिकामा धर्म परिवर्तनलाई कानुनी मान्यता प्रदान गर्न आग्रह गर्दै सभासदहरुलाई खुलापत्र लेखेका थिए ।
उनले अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।