समाचार

नापी कार्यालयमा विष्फोट गराउने तिन पक्राउ

२०७१ मंसिर २९ गते ५:५९

सर्लाही, २९ मंसिर–सर्लाहीको सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा गत वर्ष भएको शक्तिशाली विष्फोटको घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ । रौतहट जिल्ला पिपरीया गाविस–९ घर भई हाल पिपरीया–५ बस्दै आएका ३५ वर्षीय पनिलाल पण्डित, पिपरीया–७ का २० वर्षीय कमलप्रसाद यादव...

पुलबाट चिप्लिएर भट्टराईको मृत्यु

२०७१ मंसिर २९ गते ५:१४

सोलुखुम्बु, २९ मंसिर–दूधकुण्ड यातायात व्यवसायी सङ्घका महासचिव दीपक भट्टराईको आइतबार राति मृत्युभएको छ । उदयुपुरको घुर्मीबाट जिप लिएर राति १० बजे खुर्कोट पुगेका भट्टराई गाडी रोकिएको समयमा हिँड्दै गर्दा पुलबाट चिप्लिएर लडेको दूधकुण्ड यातायात व्यवसायी सङ्घका दावा शेर्पाले जानकारी दिए । लडेपछि बेहोस बनेका...

दलितले पानी खाएको भन्दै बाहुनले लुकाएको धारा जोडियो

२०७१ मंसिर २९ गते ४:३७

वीरगन्ज, २९ मंसिर– दलितले पानी खाएको निहुँमा उखालिएको पर्साको बैरियाविर्ता गाविस–५ नौतज टोलको कलधारा आइतबार जडान गरिएको छ । छुवाछुतको प्रथा अझै पनि कायम रहेको बताउँदै स्थानीय ब्रह्मदेव यादव र चोकट यादवले गाउँमा हालिएको चापाकल निकालेर लुकाएका थिए। नौतज टोलमा रहेको मठ परिसरको सार्वजनिक...

अनाथलाई सहयोग गर्न दौडेर मेची–महाकाली

२०७१ मंसिर २९ गते ३:२६

भीमदत्तनगर, २९ मंसिर– अनाथ बालबालिकाका लागि सहयोग जुटाउन तीन युवा दौडेर मेचीबाट महाकाली पुगेका छन् । उनीहरुले १९ दिनपछि पश्चिमी सिमानामा पुगेर आफ्नो यात्रा समापन गरेका छन् । अनाथ बालबालिकालाई संरक्षण दिइरहेको सानो प्रयास संस्थाका लागि सहयोग जुटाउने उद्देश्यले काठमाण्डु महानगरपालिका–१३ छाउनीका राज प्रधान,...

इलाममा बिसिजी भ्याक्सिन अभाव

२०७१ मंसिर २९ गते ३:१८

इलाम, २९ मंसिर– इलामका स्वास्थ्य संस्थामा बालबालिकालाई लगाइने बिसिजी भ्याक्सिन अभाव भएको छ । जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई लगाइने क्षयरोगविरुद्धको उक्त विसिजी भ्याक्सिन अभाव हुँदा खोपसेवा नै प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । कार्यालयका खोप सुपरभाइजर विष्णु वस्तीका अनुसार उक्त भ्याक्सिन...

भक्तपुरमा सडक बिस्तार कार्य अलपत्र

२०७१ मंसिर २९ गते ३:०८

भक्तपुर, २९ मंसिर– भक्तपुरको सूर्यविनायक र गट्ठाघरका मापदण्डभित्र पर्ने सयौं घर टहरा भत्काउने कार्य रोकिँदा सडक बिस्तार कार्य अलपत्र परेको छ । उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरले मापदण्डभित्र पर्ने घरटहरा भत्काउन चिनो लगाउने कार्य सकेर गत जेठ महिनामा नै असारदेखि घर भत्काउने...

शौचालय जाँदा मोटरसाइकल

२०७१ मंसिर २९ गते २:५७

झापा, २९ मंसिर– २० हजार जनसंख्या भएको गाविसमा एक हजार पाँच सय पनि शौचालय छैनन्भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । अझ घरमा शौचालय नबनाउने तर शौच गर्न मोटरसाइकल चढेर खुला ठाउमा पुग्ने कुरा त झन् पत्यार लाग्दो हुने नै भएन । तर, झापाको राजगढमा...

सटर नछाड्ने व्यवसायीलाई बल प्रयोग गरी हटाइयो

२०७१ मंसिर २९ गते २:४५

बुटवल, २९ मंसिर– लुम्बिनी अञ्चल अस्पतालको व्यावसायिक सटरमा टेन्डर छनोटमा नपरेर पनि सटर नछाड्ने व्यवसायीलाई अस्पताल प्रशासनले बल प्रयोग गरी हटाएको छ । अस्पताल प्रशासनले गरेको टेन्डर प्रक्रियाबाट छनोट नभएका व्यवसायीलाई  मंसिरको १६ गतेसम्म समय दिइए पनि अटेरी गरेका कारण बल प्रयोग गर्नुपरेको अस्पतालले...

सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेपछि बाल तथा मातृ मृत्युदरमा कमी

२०७१ मंसिर २९ गते २:३५

बर्दिया, २९ मंसिर– घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्दै सुत्केरी हुन् स्वास्थ्य संस्थामा जान थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको चाप बढ्दै गएको छ । महिला प्रजनन स्वास्थ्य अधिकारमा महिलाको पहुँच बढेसँगै मातृ तथा बाल मृत्युदरमा समेत कमी आएको छ । पहिले पहिले घरपरिवारको...

काँग्रेस–एमालेले राखे प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव

२०७१ मंसिर २८ गते १७:०१

काठमाण्डु, २८ मंसिर– सत्तारुढ–काँग्रेस एमालेले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको खुलासा भएको छ । आगामी माघ ८ मा संविधान जारी गर्ने सर्तमा प्रचण्डलाई राष्ट्रपति बनाउन काँग्रेस–एमाले तयार भएका हुन् । आन्तरिक विवादका कारण ६ महिनापछि आइतबार सुरु केन्द्रीय...

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

२०७१ मंसिर २८ गते १६:५९

काठमाण्डु – प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूति र्मन्त्री सुनीलबहादुर थापालाई पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आउँदा पनि नेपालमा भने केही रुपैयाँ मात्र घटेको भन्दै प्रधानमन्त्रीले तत्काल भाउ घटाउन निर्देशन...

छोरी पाएको आरोपमा शिक्षकले छाडे श्रीमती

२०७१ मंसिर २८ गते १४:३३

 मुगु, २८ मंसिर– मुगुको रारा गाविसमा एक शिक्षकले छोरी पाएको भन्दै श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । राराको रुमास्थित स्थानीय जनज्योति निमाविका शिक्षक कार्कीबाडा– ७ स्थायी घर माएका ३६ वर्षीय राजबहादुर बिटालुले छोरी पाएको भन्दै श्रीमती छाडेका हुन् । एक वर्षअघि गाउँकै एक युवतीसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us