काठमाण्डु, २८ कात्तिक–विश्व मधुमेह दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिन्छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको...
विराटनगर, २८ कात्तिक–विराटनगरका मुस्लिम समुदायले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरुले नेपाल हिन्दू राष्ट्र भएमात्र मुस्लिम समुदाय सुरक्षित हुने धारणा गरे । राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम सङ्गठन नेपालले रानीमा बुधबार आयोजना गरेको मुस्लिम भेलामा संगठनका...
काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनका प्रचार प्रसारको क्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु पछिल्लो समयमा आफ्नो चुनावी क्षेत्रका साथै अन्य विभिन्न जिल्लामा हुने चुनावी सभामा सहभागी हुन थालेका छन । अन्य क्षेत्रबाट पनि माग भएपछि ठूला आमसभा नगर्ने नीति भएपनि शीर्ष नेताहरुका विभिन्न कार्यक्रम तय...
काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई भारत सरकारले अनुदान सहयोग स्वरूप विभिन्न प्रकारका ७१६ वटा यातायातका साधन उपलब्ध गराएको छ । ती साधनमा ट्रक, जीप, पानी ट्याङ्कर र कार रहेका छन् । तीमध्ये नेपाल प्रहरीले ४५८, सशस्त्र प्रहरी बलले २०६ र बाँकी...
काठमाण्डु, २७ कात्तिक– नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले चुनाव असफल पार्न नसकेपछि कमभन्दा कम मत खसाल्ने वातावरण सर्जना गरी चुनावको वैधता माथि प्रश्न उठाउने दाउमा लागेको छ । उसको त्यो योजना सफल हुन नदिनका लागि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले धमिरा र कमिला...
काठमाण्डु, २७ कात्तिक– काठमाण्डु सामाखुशीमा अज्ञात समूहद्वारा एक माइक्रो बसमाथि पेट्रोल बम प्रहार भएको छ । गुडिरेहके बा १ ज ९८९१ नम्बरको माइक्रोमा बुधबार पौने ५ बजे पेट्रोल बम प्रहार हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरी प्रभाग सामाखुशीले...
काठमाण्डु, २७ कात्तिक– नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिद प्रक्रिया सुरु गरेको छ । सरकारले राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने दुई थान हेलिकप्टर खरिद गर्ने स्वीकृति दिएपछि सेनाले प्रक्रिया सुरु गरेको हो । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार...
सिरहा, २७ कात्तिक । तराई मधेसमा मधेसी पार्टीहरुकै जनआधार कमजोर भइरहेको अवस्थामा सिरहामा दुई मधेसी पार्टीहरुबीच चुनावी तालमेलको सहमति भएको छ । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी (तमसपा)बीच सिरहा–६ मा चुनावी तालमेल भएको हो । चुनावी तालमेल...
काठमाण्डु, २७ कात्तिक– संविधानसभाको चुनाव बिथोल्न यातायात बन्द गरिरहेको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, किरणले शान्तिप्रक्रियाको एक अभिन्न अंग आफूहरु रहेको दाबी गर्दै माओवादीलाई पाखा लगाएर शान्तिप्रक्रिया निश्कर्षमा पुग्न नसक्ने बतएका छन् । उनले भने, ‘हामीलाई वेवास्ता गरियो, यसरी पाखा लगाउन पाइँदैन, यसले द्वन्द्वको समाधान...
पर्सा, २७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीलगायत ३३ दलले संविधानसभा निर्वाचनको प्रक्रियाबाट अलग्गिएका कारण निर्वाचन खल्लो लागेको बताएका छन् । उनले भने, ‘माओवादीलगायतका दलहरु निर्वाचन प्रक्रियाबाट अलग्गिएपछि मुलुकमा निर्वाचनको वातावरण खल्लो भएको छ ।’ राजनीतिक र संवैधानिक सङ्कटको चक्रब्यूहमा नेपाल...
जाजरकोट, २७ कात्तिक– हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउ“दै मोहन वैद्य नेकपा–माओवादीका ४४ कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक...
जाजरकोट, २७ कात्तिक- जिल्लामा पाँच वर्षमुनिका एक तिहाइ बालबालिका निमोनिया पीडित भएको पाइएको छ । जिल्लाका पाँच वर्षमुनिका २६ हजार ८०० बालबालिकामध्ये सात हजार ४५५ बालबालिका निमोनियाबाट पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निमोनिया पीडितमध्ये ४९५ बालबालिकालाई कडा खालको निमोनिया भएको जिल्ला...