नापी कार्यालयमा विष्फोट गराउने तिन पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ५:५९ मा प्रकाशित

सर्लाही, २९ मंसिर–सर्लाहीको सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा गत वर्ष भएको शक्तिशाली विष्फोटको घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ ।

रौतहट जिल्ला पिपरीया गाविस–९ घर भई हाल पिपरीया–५ बस्दै आएका ३५ वर्षीय पनिलाल पण्डित, पिपरीया–७ का २० वर्षीय कमलप्रसाद यादव र ३५ वर्षीय नरेश राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश बस्नेतले बताए ।

अञ्चल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको  र चाँडै अभियुक्तहरुको तस्विरसहित सार्वजनिक गरिने प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us